×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

छात्रवृत्ति नदिने ३४२ स्कुलमाथि लौरो बजाउँदै बालेन

२३ जेष्ठ २०८०

२३ जेठ, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले छात्रवृति नदिने ३४२ स्कुलको नाम सार्वजनिक गरी अनुमति खारेजको चेतावनी दिएका छन् । काठमाडौं महानगरपालिकाले गत वैशाख २४ गते परिपत्र जारी गर्दै जेठ १५ गतेभित्र शैक्षिक संस्थाहरूलाई छात्रवृत्ति विवरण पठाउन भनेको थियो ।

तर अझै ३४२ शैक्षिक संस्थाले विवरण पेस नगरेको भन्दै जेठ २८ भित्र विवरण नबुझाए अनुमति वा स्वीकृति रद्द गर्ने चेतावनी महानगरले दिएको छ । विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ ले विद्यालयले कुल विद्यार्थीको १० प्रतिशतलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्नेमा व्यवस्था गरेको छ ।

यसबारे बालेन सामाजिक संजालमा लेख्दै चेतावनी दिएका हुन् । उनले लेखेका छन्, हामी काठमाडौं महानगरपालिकाभित्र अध्ययनरत विद्यार्थीले नियमअनुसार पाउनुपर्ने अधिकारको बारेमा गम्भीर छौँ । काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षा सम्बन्धी व्यवस्था रहेको छ । सो नियमावलीको नियम ५८ मा व्यवस्था भए अनुसार विद्यालयले छात्रवृत्ति उपलब्ध गराएको विद्यार्थीहरूको नामावली सार्वजनिक गर्नु पर्छ ।

तर संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिका सम्बन्धमा मिति २०८० वैशाख २४ गतेको परिपत्र र मिति २०८० जेठ १० गतेको गोरखापत्रमा प्रकाशित सार्वजनिक सूचना बमोजिम मिति २०८० साल जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको जानकारी मिति २०८० साल जेठ १६ गते कार्यालय समयभित्र काठमाडौं महानगरको शिक्षा विभागमा र इमेल [email protected] मा अनिवार्य रूपले पठाउन सूचित गरिएको थियो ।

धेरै विद्यालयहरूले उक्त सूचनाका आधारमा छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्ने गर्नु भएको छ । वहाँहरूलाई हामी धन्यवाद दिन चाहन्छौँ। (विद्यालयको विवरण काठमाडौं महानगरपालिकाको वेबसाइट (https://kathmandu.gov.np)  मा हेर्न सकिनेछ) ।

काठमाडौँ महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लङ्घन गरी हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने तपसिलका  IEMIS CODE भएका विद्यालयले मिति २०८० साल जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्न आग्रह गर्दछौँ ।

यदि नियमअनुसार विवरण पेस नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदै सम्मको कारबाही गरिने छ । सबै विवरण प्राप्त भएपछि हामी छात्रवृत्तिको लिस्ट सार्वजनिक गर्नेछौँ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top