×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

२७ भाद्र २०८२

२७ भदौ , काठमाण्डौ ।

हिजै जेनजी आन्दोलनको माग सम्बोधन गर्दै अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्त गर्ने भनिएकामा संसद विघटन गर्नेमा सहमति नजुट्दा आज विहानैदैखि पुनः छलफलमा बस्ने र आज दिउँसोसम्ममा उनलाई नियुक्त र शपथ पनि खुवाउने भनिएको थियो ।

तर विहान ९ बजे सुरु गर्ने भनिएको वार्ता केही घण्टापछि सारियो । त्यसपछि दिउँसो ढिला गरि वार्ता सुरु भयो । तर अहिलेसम्म पनि सहमति जुट्न सकेको छैन । राष्ट्रपति संसद विघटन नगरी जाने र सुशीला कार्कीले भने आफ्ना मागहरु पुरा नहुन्जेल प्रधानमन्त्रीमा नजाने अडान लिएपछि अहिलेसम्म पनि सहमति जुट्न सकेको छैन ।

कार्कीले जेनजी आन्दोलनमा दमनको छानबिन र संसद विघटनलाई मुख्य सर्त राखेकी छन् । उनले यी दुई सर्त पूरा नभए आफू अन्तरिम सरकारको नेतृत्व लिन नसक्ने अडान राखेकी हुन् । गएराति अबेरसम्म यस विषयमा शीतलनिवासमा छलफल भएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग भएको छलफलमा यिनै दुई सर्तमा कुरा नमिलेपछि कार्की शीतलनिवासबाट बाहिरिएकी थिइन् । यी सर्त पूरा गरेर आन्दोलनरत पक्षलाई समेत मनाएपछि आफू जिम्मेवारी सम्हाल्न तयार रहेको बताउँदै उनले अब वार्ताका नाममा शीतलनिवास नबोलाउन पनि भनेकी छन् ।

उनीनिकट स्रोतको भनाइ छ, ‘संसद कायमै राख्ने हो पुराना दलहरूले चुनाव गराउन दिँदैनन्। आफूहरू हार्न सक्ने देखेमा यिनीहरू चुनाव गराउन दिँदैनन्। संसदको शक्ति देखाउँछन्। अन्तरिम सरकारलाई असफल बनाएर शक्ति आफ्नो हातमा लिनेतिर लाग्छन्।

यस्तो अवस्थामा सरकारमा गएर काम छैन।’ कार्कीको अडानअनुसार, अहिलेसम्म भएका कयौँ छानबिनहरू छन्, ती कुनैमा पनि कारबाही गरिएको छैन। यसपालि पनि त्यही प्रवृत्ति दोहोरिने हो भने यति ठूलो विद्रोहको के अर्थ भयो भन्ने कुरा कार्कीले राखेकी छन् ।

कार्कीले आफू वार्ता गर्ने पक्ष पनि नभएकाले वार्तामा नबस्ने र आज शीतलनिवास पनि नजाने अडान राखेकी छन्। उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘जे गर्छन् जेनजीले गर्छन्। वार्ता, सहमति जे गरे पनि जेनजीसँगै गरे हुन्छ। म मेरो इच्छाले प्रधानमन्त्री बन्न लागेको होइन।’ जेनजीले उठाएका मूल मुद्दाभन्दा बाहिर गएर आफूले निर्णय गरे त्यो मान्य हुन नसक्ने र विद्रोहीहरूको भावनाविपरीत हुने कार्कीको ठहर छ।

कार्कीलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव जेनजी समूहले नै गरेको हो। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पनि उनलाई समर्थन गरेका छन्। अन्य पक्षहरूले पनि कार्कीलाई तत्काल अन्तरिम सरकारको प्रमुख नियुक्त गर्नुपर्ने भनिरहेका छन्।

‘तर, शीतलनिवासले भने प्रक्रिया नमिलेको भने समय कटाइरहेको छ, पुराना दलहरूको बहुमत रहेको संसद कायम राखेसम्म प्रक्रिया मिल्दैन,’ कार्कीनिकट स्रोतको भनाइ छ । प्रधानसेनापति सिग्देलले वार्तामा सहजीकरण गरिरहेका छन् ।

यससंगै जेनजी आन्दोलनकारीहरूको मागबमोजिम पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख दलका नेताहरू पनि सहमत भए पनि भ्रष्टाचार आन्दोलनमा भएको दमनबिरुद्ध उच्चस्तरीय छानबिन गर्न नेताहरू असहमत भएपछि अन्तरिम सरकार निर्माण प्रक्रियामा अवरोध उत्पन्न भएको हो ।

तीन प्रमुख दलका नेताहरू खासगरी शीतलनिवासमा नै उपस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा फोनमा सम्पर्क गरिएका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनमा भएको अत्याधिक बल प्रयोग र ३४ जनाको निधन भएको घटना र भ्रष्टाचारको छानबिन गर्न अस्वीकार गरेका छन्।

दलहरूले यी उच्चस्तरीय छानबिन आयोगका कारण जनतामा दलहरूबिरुद्ध आक्रोश निम्त्याउने भएकाले गठन गर्न अस्वीकार गरेको उच्च स्रोतले जानकारी दिएको छ । दलहरूले यो विषय अस्वीकार गरेपछि वार्तास्थलबाट प्रस्तावित प्रधानमन्त्री कार्की जुरुक्क उठेर भनिन– ‘हाथखुट्टा बाँधेर काम गर्न नपाउने जिम्मेवारी चाहिएन।’

राष्ट्रपति पौडेल संविधानकै मातहत रहेर समाधन खोज्न प्रयत्नशील रहेको भन्दै तीनै दलका प्रमुख नेताहरू र सभामुख देवराज घिमिरेसँग पनि अन्तरिम सरकार गठन प्रक्रिया र भावी कदमबारे बिहीबार दिनभरि र शुक्रबार बिहान चार बजेसम्म पनि छलफलमा बसेका थिए ।

शुक्रबार दिउँसो सरकार गठन प्रक्रियाबारे थप छलफल गर्ने भनिए पनि अहिलेसम्म अगाडि बढ्न सकेको छैन । यसबीच राष्ट्रपति पौडेलले अन्तरिम सरकार गठनबारे सरोकारवालाहरूसँग छलफल गर्ने जिम्मेवारी आफ्ना सल्लाहकारहरूलाई दिएका छन् ।

पौडेलको म्यान्डेट लिएर उनका सल्लाहकारहरू लक्ष्मी निवासमा रहेको भैरवनाथ गणमा सरोकारवालासँग छलफल गर्न पुगेका छन् । पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापा, परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसे, कानुनी सल्लाहकार बाबुराम कुँवर, प्रेस सल्लाहकार किरण पोखरेल भैरवनाथ गणमा पुगेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो ।

सल्लाहकारहरूले छलफलबाट ल्याएको निचोड राष्ट्रपतिलाई ब्रिफिङ गर्ने र त्यसपछि त्यही ब्रिफिङका आधारमा राष्ट्रपति अगाडि बढ्ने तयारी राष्ट्रपतिको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपतिले अहिले प्रधानसेनापति सिग्देलसँग घटनाक्रम र अब कसरी अगाडि बढ्ने भन्नेबारे ब्रिफिङ लिइरहेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top