×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

छुट्टाछुट्टै आगलागीमा २० लाखको क्षति

४ चैत्र २०७४

राजविराज, चैत ४
सप्तरीका छुट्टाछुट्टै ठाउँमा शनिबार साँझ आगलागी हुँदा करिब रु २० लाख मूल्य बराबरको क्षति भएको छ । सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरमा शनिबार साँझ एउटा हार्डवेयर पसलमा आगलागी भएको छ ।

स्थानीय दीनानाथ रौनियारको हार्डवेयर पसलमा कोही नभएको बेला आगलागी हुँदा १५ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरको तल्लो तलामा रहेको पसलमा राखिएको प्लास्टिक, हार्डवेयरका विभिन्न सामान जल्दा सो मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आगलागी कुन कारणले भएको खुल्न नसकेको र विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यता आगोलाई स्थानीयवासी, प्रहरी तथा राजविराजबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको थियो ।

यस्तै, छिन्नमस्ता गाउँपालिका–४ लालपट्टी बस्ने रामपृत यादवको एकतले घरमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

त्यस्तै, सप्तरीकै रुपनी गाउँपालिका–३ मा आगलागी हुँदा स्थानीय कमल मुखिया र छेदी मुखियाको नगदसहित एक÷एक वटा घर जल्दा रु दुई लाख ५० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिप्रकाले जनाएको छ । आगोलाई स्थानीयवासी र प्रहरीले निभाएका थिए ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top