Nepal Times
Nepal Times
3
Shares

६ दिनमै कोरोनामुक्त भइन् संक्रमित जनप्रतिनिधि

६ दिनमै कोरोनामुक्त भइन् संक्रमित जनप्रतिनिधि

१६ जेष्ठ, भक्तपुर । कोरोनाको सङ्क्रमण भएपछि पाटन अस्पतालमा उपचाररत भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि छ दिनमै कोरोनामुक्त भएकी छन् । उनलाई विहिबार साँझ डिस्चार्ज रिएको छ ।

यही जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब सङ्कलनपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ९ गते राति आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि उनीलाई १० गते बिहान उपचारका लागि ललितपुरको पाटन अस्पतालको कोभिड आइसीयू ब्लकमा भर्ना गरी उपचार गरिएको थियो ।

अस्पतालमा १४ र १५ गते पुनः भएको कोरोना परीक्षणको रिपोर्टमा नेगेटिभ आएर कोरोनामुक्त भएपछि उनलाई डिस्चार्ज गरेपछि भक्तपुरको च्यामासिंस्थित घर फर्किएकी छिन् ।

वडा महिला सदस्यलाई कोरोना पुष्टि भएपछि भक्तपुर नगरले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीलगायत १६८ जनाको पिसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको महिला जनप्रनिधिको बस्ती यसअघि नै सिल हटाइसकिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.