Nepal Times
Nepal Times
3
Shares

छ प्रजातिका नयाँ चरा थपिए

छ प्रजातिका नयाँ चरा थपिए

९ माघ, चितवन ।
चितवनमा गरिएको चरा गणनामा छ प्रजातिका नयाँ चरा थपिएका छन् ।

गत पुष २६ देखि माघ १ गतेसम्म गरिएको गणनामा छ प्रजातिका नयाँ चरा थपिएको बर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष वासु बिडारीले जानकारी दिए ।

उनका अनुसार गत वर्ष ५७ प्रजातिका चरा देखिएकोमा अहिले घटेर ५३ प्रजाति भेटिएका छन् । बिडारीका अनुसार डबलिङ, नर्थथिङ , ल्यापविङ , उवासेट, हुग्लिङकलसहित छ प्रजातिका चरा नयाँ देखिएका हुन् ।

तीमध्ये दुई प्रजातिका चरा केही वर्षअगाडि नदेखिएका र यस वर्ष देखिएका उनले जानकारी दिए ।

सिमसार क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासको नदी तालतलाउमा गरिएको गणनामा भेटिएको चराविद् बिडारीले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.