×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

जनकपुरमै पांग्रा छोडेर बुद्धको जहाज काठमाडौं पुग्यो

२३ फाल्गुन २०८१

२३ फागुन , काठमाण्डौ।

नेपालको हवाई उड्डयन क्षेत्रमा आश्चर्यचकित पार्ने घटना सार्वजनिक भएको छ । बुद्ध एयरको एटीआर ७२ जहाज बिहीबार जनकपुर विमानस्थलबाट काठमाडौंका लागि उडान भर्दा अगाडिको एउटा पांग्राबिना नै उडेको पाइएको छ ।

विमान सुरक्षित रूपमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि मात्र चालक दललाई यो त्रुटि थाहा भएको हो । बुद्ध एयरको युफोर ५०६ उडान नम्बरको जहाज जनकपुर विमानस्थलबाट दिउँसो ४ बजे काठमाडौंका लागि उडेको थियो ।

जहाजका चालकदललाई काठमाडौंमा ल्याण्डिङ गर्ने क्रममा मात्र अगाडिको पांग्रा नभएको जानकारी भयो। नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार, जहाज पार्किङमा पुगेपछि मात्र यो गम्भीर गल्ती सार्वजनिक भयो।

पछि अनुसन्धान गर्दा पांग्रा जनकपुर विमानस्थलमै छुटेको फेला परेको छ। यस जहाजमा ६२ यात्रु सवार थिए , जसले आफ्नो ज्यानकै बाजी राखेर यात्रा गरिरहेको पत्तै पाएनन्। जहाजका चालकहरूले पांग्राविहीन अवस्थामा समेत सुरक्षित रूपमा अवतरण गराए पनि, यो घटनाले नेपालमा हवाई सुरक्षा संवेदनशीलताको गम्भीर प्रश्न उठाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले घटनाको अनुसन्धान सुरु गरिसकेको छ। प्रवक्ता रूपेश जोशीले स्वीकार गरे कि जहाज पांग्राबिना नै उडेको थियो, तर कसरी यस्तो भयो भन्नेबारे स्पष्ट भइसकेको छैन।

हवाई सुरक्षामा यस्तो गम्भीर लापरबाही हुनु भनेको यात्रुहरूको जीवनमाथि खतरनाक खेलबाड गर्नु हो। नेपाल हवाई उड्डयन इतिहासमा यो घटना एउटा चनाखो चेतावनी हो। यसले जहाजको जाँच प्रक्रिया, मर्मत तथा सुरक्षामा व्यापक सुधार आवश्यक औंल्याएको छ ।

यदि समयमै सचेतता नअपनाउने हो भने यस्तो घटना भविष्यमै ठूलो दुर्घटनाको कारण बन्न सक्छ। नेपालजस्तो पहाडी भौगोलिक बनोट भएको देशमा हवाई यात्रा अपरिहार्य छ। तर, यदि सुरक्षाका मापदण्ड पालना गरिएन भने यात्रुहरूको ज्यान जोखिममा पर्नेछ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top