×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

जनकपुरले खोल्यो उपाधिको ढोका , काठमाडौं स्तब्ध

२७ मंसिर २०८१

२७ मंसिर , काठमाण्डौ ।

नेपाल प्रिमियर लिग(एनपिएल)मा काठमाडौं गुर्खाजलाई पराजित गर्दै जनकपुर बोल्ट्स प्लेअफमा पुगेको छ । बिहीवारको दोस्रो खेलमा काठमाडौंमाथि ५ विकेटको जितका साथ जनकपुर प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ ।

काठमाडौंले दिएको १ सय २ रनको झिनो लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लागि हर्ष ठाकरले नट आउट रहेर सर्वाधिक २७ रन जोडे । उनले १७ बलमा १ चौका र ३ छक्का प्रहार गरे ।

जिमी निशम २५ बलमा १ चौका र १ छक्काको सहित २५ रनमा आउट भए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं निर्धारित १९.३ ओभरमा अल आउट हुदै १ सय १ रनको झिनो योगफल तयार गरे ।

काठमाडौंका लागि जेहार्ड एरास्मसले सर्वाधिक २० रन बनाए । उनले २२ बलमा २ चौका प्रहार गरे । कप्तान करण केसीले १३ बलमा १९ रन जोडे । माइकल लेभिट ६ बलमा ८ रन बनाउँदै किशोर महतोको बलमा आउट भए ।

लेभिट मोहम्मद मोहसिनबाट समातिए । सातौं ओभरमा ललितनारायण राजवंशीले दुई विकेट निकाले पछि जनकपुर खेलमा पुर्णतः हाबी भएको थियो । ललितले १७ रन बनाएका स्टेफन स्किनाजी र रनको खाता नै नखोलेका सुमित महर्जनलाई पेभिलियनको बाटो देखाएका थिए ।

शेर मल्लले २०औं ओभरमा २ विकेट लिदै काठमाडौंलाई अल आउट गरे । जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले समान ३, मोहम्मद मोहसिनले २ तथा किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए ।

जनकपुरले ६ खेलबाट ५ मा जित र १ मा हार बेहोर्दै १० अङ्क बटुलेको छ । योसँगै टोलीले कम्तीमा शीर्ष चार स्थान पक्का गरेको हो । जनकपुर बोल्ट्सका कप्तान अनिल साहले कुनै पनि खेलमा सबैभन्दा धेरै क्याचको कीर्तिमान बनाउन सफल भएका छन् ।

काठमाडौँ गुर्खाजविरुद्ध खेलमा साहले ५ वटा क्याच लिन सफल भएका हुन् । साहले मोहम्मद मोहसिनको बलमा भीम सार्की र जेरहार्ड इरास्मको क्याच लिए । त्यस्तै, ललित राजवंशको बलिङमा सुमित महर्जनलाई आउट गरे ।

त्यसपछि अरनिको यादवको बलमा रसिद खानको क्याच लिएका उनले अन्त्यमा शेल मल्लको बलमा दिपेश कँडेललाई क्याच आउट गरे । आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको थियो ।

आजको जितसँगै १० अंक जोड्दै जनकपुर शीर्ष स्थानमा उक्लिएको छ । अहिलेसम्मका ६ खेलमा जनकपुर मात्र १ खेलमा पराजित भएको छ । अब जनकपुरले शनिबार चितवनसँग खेल्नेछ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top