Nepal Times
Nepal Times
3
Shares

जनताको स्वास्थ्यमा खेलबाड नगर्न सरकारलाई प्रचण्डको आग्रह

जनताको स्वास्थ्यमा खेलबाड नगर्न सरकारलाई प्रचण्डको आग्रह

१३ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारसँग आग्रह गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार विज्ञप्ति जारी गर्दै स्थानीय निकायमा स्वास्थ्य सामग्रीको समुचित व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

‘स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको छ’ उनले भनेका छन्,

‘सरकारसँग जनताको स्वास्थ्यमा खेलवाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु ।’

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.