×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जनता समाजवादी पार्टीको नेतृत्व टुंगो लाग्यो

२५ जेष्ठ २०७७

२५ जेष्ठ, काठमाडौँ ।
राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी मिलेर बन्न लागेको जनता समाजवादी पार्टीको नेतृत्व टुंगो लागेको छ ।

नेतृत्वमा सहमति जुटेसँगै जनता समाजवादी पार्टी दर्ताका लागि नेताहरु निर्वाचन आयोग जाने तयारी भएको नेता नवराज सुवेदीले बताए ।  एकीकृत पार्टीको संघीय परिषद्को अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्षमा महन्त ठाकुर र उपेन्द्र यादव रहने सहमति जुटेको हो ।

जनता समाजवादी पार्टीको नेतृत्वको वरीयतामा ठाकुर पहिलो, भट्टराई दोस्रो, उपेन्द्र यादव तेस्रो, अशोक राई र राजेन्द्र महतो क्रमशः चौथो र पाँचौ स्थानमा वरिष्ठ नेता कायम रहने गरी सहमति जुटेको हो । दुई दलले वैशाख १० गते राति एकताका लागि सैद्धान्तिक सहमति गरेका थिए ।

त्यसको भोलिपल्ट अर्थात ११ गते नेताहरु निर्वाचन आयोग पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दुई पार्टीबीच एकता गर्ने घोषणा गरेको ४५ दिनभित्र दलको विधान, पार्टी नेतृत्व, पार्टी एकता गर्न गरिएको सहमति, दुवै पक्षका केन्द्रीय सदस्यको हस्ताक्षर, संयुक्त बैठकको निर्णय बुझाउनु पर्ने व्यवस्था छ ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि दुई दलले हतारमा पार्टी एकताको सैद्धान्तिक घोषणा गरेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top