×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

जनयुद्धमा आपत्ति जनाउँदा योगेश बैगुनी कहलिए

८ जेष्ठ २०८०

८ जेठ, काठमाण्डौ ।
आइतबारदेखि संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । आज दोस्रो दिनको छलछफलमा भाग लिँदै सांसदहरूले नीति तथा कार्यक्रममाथि आआफ्ना टिप्पणी राखे, सुझाव र आलोचना गरे ।

यही क्रममा संसदमा जनयुद्ध शब्दमा जुहारी पनि चल्यो । एमाले सांसद योगश भट्टराई जनयुद्ध शब्दलागि माओवादी सांसदहरुको घेरामा परे । गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रमको पहिलो बुँदामा प्रयोग भएको ‘जनयुद्ध’ शब्दप्रति संसदमा जुहारी चलेको हो । संसदको छलफलमा भाग लिदै योगेश भट्टराईले कुनैपनि सरकारी दस्तावेजहरूमा उक्त शब्द प्रयोग नभएको दाबी गर्दै पहिलोटक राष्ट्रपतिलाई उक्त शब्द वाचन गर्न लगाइएको भन्दै आपत्ति जनाए ।

एमाले सांसद भट्टराईले गरेको सो आपत्तिको खण्डन गर्दै नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रतिप्रश्न गरे । ‘भर्खरै बोल्ने माननीयले जनयुद्धको बारेमा केही विषय उठाएर जानुभयो ।

माननीयजीलाई एक पटक डिक्सनरी पल्टाएर हेर्न अनुरोध गर्दछु,,’ उनले जवाफ दिँदै भने, ‘त्यो माछा युद्ध थियो, भालु युद्ध थियो? जंगलका अर्नाहरु लडेका थिए? कि रुख, ढुंगाहरु लडेका थिए?’ मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ?’ त्यसअघि एमाले सांसद भट्टराईले नेपाली कांग्रेसले पनि ‘जनयुद्ध’ शब्द स्वीकार गरेको हो? भन्दै प्रश्न गरेका थिए ।

उनले जनयुद्ध शब्द स्वीकारेको भन्दै कांग्रेसलाई ‘निम्छरो’को संज्ञा दिएका थिए । उनले भने, ‘यो १ नम्बर बुँदा कांग्रेसले स्वीकार्छ भने मलाई लाग्छ कि इन्ड अफ द हिस्ट्री कांग्रेसकै इन्ड अफ द हिस्ट्री हो।’ योगेशको यो कटाक्षमा पौडेलले थप जवाफ दिदै भने, ‘बिर्सनुभयो वृहद शान्ति सम्झौता माननीयजी तपाईंको नेताले हस्ताक्षर गरेको बिर्सनुभयो ? १२ बुँदे सहमति हामी त्यही श्रृंखलामा छौं।

नेपाली जनतालाई सार्वभौम बनाउनका लागि संविधान सभाबाट संविधान बनाउनका निम्ति जनयुद्ध लडिएको थियो,’ उनले भने। उनले इतिहासलाई नबिर्न र रोस्टममा आएर कटाक्ष गर्नभन्दा मिलेर जान आग्रह पनि गरे ।

पौडेलसंगै माओवादीका अर्का सांसद माधव सापकोटाले पनि योगेश भट्टराईलाई संसदमै ’बैगुनी कमरेड’ भन्दै व्यङ्ग्य गरे । सापकोटाले ’बा’लाई खुसी पार्न भट्टराईले जनयुद्ध शब्दमाथि टिप्पणी गरेको आरोप लगाए ।

“बालाई खुसी पार्न आफ्नो निष्ठा बन्धकी राखेर व्यङ्ग्य गर्ने बैगुनी कमरेडलाई भन्न चाहन्छु, जनयुद्ध महान क्रान्ति थियो । गर्वका साथ यो रोस्टमबाट जनयुद्ध जिन्दावाद भन्न चाहन्छु,” उनले भने, “बीपी कोइरालाको राजा महेन्द्रसँग निकै ठूलो टकराब पर्ने बेलामा उहाँले एकदिनको डायरीमा कोटेसन लेख्नुभएको रहेछ, हुन त ज्ञान पनि पूर्ण त हुँदैन तर पनि नियतिमा भन्दा पनि ज्ञानमै नै बढी निर्भर रहनुपर्छ जिन्दगी ! म एकपटक बैगुनी कमरेडलाई बीपीको डायरी अध्ययन गर्न अनुरोध गर्दछु ।”

उनले ओलीले हेडमास्टरको शैलीमा नीति तथा कार्यक्रम फिर्ता लिन र पुनर्लेखन गर्न भनेको पनि बताए । उनले जनयुद्ध महान क्रान्ति भएको भन्दै रोस्टमबाटै ‘जनयुद्ध जिन्दावाद’ समेत भने।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top