×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

जन उपलब्धि रक्षाका लागि संसद् विघटन : मन्त्री रायमाझी

१७ पुष २०७७

१७ पुस, काठमाडाैँ ।

ऊर्जा तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले जन उपलब्धि रक्षाका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीद्वारा पोखरामा आयोजित बृहत कार्यकर्ता भेलामा उनले जनताको लामो समयदेखिको संघर्षको उपलब्धिलाई रक्षा गर्नका लागि प्रधानमन्त्रीले संसद् विघटन गर्नुभएको उल्लेख गरे ।

ओली नेतृत्वको सरकारले देशका विभिन्न समस्या समाधान गर्दै अघि बढेको बताउँदै उनले कोरोना रोकथाम र नियन्त्रणमा पनि सक्रिय भूमिका निर्वाह गरेको बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धि र विकासको गति बढेको देख्न नचाहनेले सरकार र पार्टीलाई विभिन्न तबरबाट दुःख दिएको उल्लेख गरे । जनप्रतिनिधिलाई पार्टीमा सङ्गठित भएर लाग्न निर्देशन दिँदै उनले उपलब्धिको रक्षा र समृद्धिको यात्रालाई निरन्तरता दिन नयाँ जनादेशमा जानुपरेको बताए ।

पूर्वमन्त्री जगतबहादुर विश्वकर्माले ओली नेतृत्वको सरकारले गरेका विकास निर्माण लगायतका कामबाट अत्तालिएर पार्टी तथा सरकार भित्र किचलो पारिएको सुनाए । पूर्वमन्त्री खगराज अधिकारीले राष्ट्रियताको पहरेदार एवं समृद्धिको अभियन्ता प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशका लागि निर्वाचनमा जानुको विकल्प नभएको भनेर संसद् विघटन गरेको बताए ।

विघटित प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारीले नेकपालाई जनताले विश्वास र भरोसा गरेको बताउँदै सरकारलाई पार्टीभित्रैबाट असहयोग गरेको बताइन् ।

पार्टी केन्द्रीय सदस्य एवं कास्कीका अध्यक्ष कृष्ण थापालगायतले निर्वाचनका लागि आ–आफ्नो क्षेत्रमा सङ्गठित भएर लाग्न अनुरोध गरे। रुपा गाउँपालिकाबाट विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेलाई टिका र खादालगायर स्वागत गरिएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top