Nepal Times
Nepal Times
3
Shares

जन भावना बुझेर मात्र एमसीसीबारे निर्णय लिन्छौँ – प्रदीप ज्ञवाली

जन भावना बुझेर मात्र एमसीसीबारे निर्णय लिन्छौँ – प्रदीप ज्ञवाली

३० भदौ, कपिलवस्तु ।

जनताको भावना बुझेर मात्र एमसीसीको विषयमा निर्णय लिने नेकपा एमालेले प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् । कपिलवस्तुमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रवक्ता ज्ञवालीले एमसीसी सम्झौता गर्ने काम सरकारको भएको टिप्पणी गरेका हुन् ।

’एमसीसीको विषयमा निर्णय गर्दा १० पटक सोच्ने छौं । एमसीसी सम्झौता एमालेले गरेको होइन’, उनले भने । उनले आफ्नो पार्टीले दुई देश बिचको सम्बन्ध र नेपाली जनताको भावनालाई हेरेर निर्णय लिने बताए ।

’एमसीसी पास गर्ने काम सरकारको हो । सम्झौता राम्रो लाग्छ भने बहुमतले पारित गरेर देखाउनुस्’, ज्ञवालीले भने । दार्चुलाको तुइन प्रकरणप्रति लक्षित गर्दै नेता ज्ञवालीले सरकारले मुद्दा घुमाउन चीनसँग सीमा विवादको कुरा उठाएको दाबी गरे ।उनले आगामी निर्वाचन जित्नका लागि कार्यकर्तालाई उत्कृष्ट काम गर्नसमेत निर्देशन दिएका छन् ।

कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह–इन्चार्ज गिरीधारीलाल न्यौपानेले पार्टी फुटे पनि स्थानीय तहका कार्यकर्ताले एमाले नै रोजेको टिप्पणी गरेका थिए । सरकारबाट बाहिरिए पनि जनताको मन मस्तिष्कमा एमालेप्रति मोह रहेको न्यौपानेको दाबी छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.