Nepal Times
Nepal Times
3
Shares

जबरजस्ती करणी प्रयासको आरोपमा वडाध्यक्ष पक्राउ

जबरजस्ती करणी प्रयासको आरोपमा वडाध्यक्ष पक्राउ

२५ मंसिर, काठमाडौं । सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले बुधबार सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ ।

वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

उनका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले बुधबार बिहान साहलाई पक्राउ गरिएको हो ।

स्थानीय एक महिलाले आफूलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै साहविरूद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.