×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

जब पाइलट र यात्रु ३ घण्टा हावामै अड्किए

१२ मंसिर २०७९

१२ मंसिर, एजेन्सी ।
अमेरिकाको मेरिल्याण्ड राज्यमा एउटा विमान बिजुलीको तारमा ठोक्किएको छ । यस घटनाका कारण त्यहाँको मोन्टगोमेरी काउन्टीका धेरै घरमा बिजुली अवरुद्ध भएको अधिकारीहरूलाई उद्धृत गर्दै वासिङ्टन पोस्टले उल्लेख गरेको छ । घटनामा कोही पनि घाइते नभएपनि ९० हजारभन्दा बढी घरमा विद्युत् अबरुद्ध बनेको थियो ।

पूरै गाउँमा अन्धकार हुदा जनजिवन र व्यवसायमा ठूलो असर परेको स्थानीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । यस विषयमा अनुसन्धान भइरहेको र छिट्टै स्थिति सुधार हुने अधिकारीहरूले बताएका छन्। आइतबार साँझ भएको उक्त दुर्घटनामा पाइलट र यात्रु केही घण्टासम्म हावामा झुन्डिएका थिए ।

वाशिंगटनबाट १५ माईल र बाल्टिमोरबाट लगभग ४० माईलमा यो दुर्घटना भएको हो दुर्घटनाका कारण मोन्टगोमेरी काउन्टी पावर लाइनहरू तुरुन्तै बन्द भएका थिए । स्थानीय समय अनुसार आइतबार साँझ ५.३० बजे दुर्घटना भएको हो ।

काउन्टी फायर डिपार्टमेन्टका जनसम्पर्क अधिकारी पिट प्रिन्जरले दुर्घटनाग्रस्त विमानमा सवार यात्रु र पाइलटलाई लिन पठाइएको विमान पनि अड्किएको बताएका छन् । विमान र यात्रु दुवै करिब तीन घण्टासम्म हावामा १०० फिटमा अड्किएका थिए ।

दुर्घटनापछि उद्धारका क्रममा बिजुलीको लाइनमा लाइटको करेन्ट आइरहेकाले कम्पनीलाई तत्काल स्विच अफ गर्न भनिएको थियो। प्रिन्जरले अग्नि विभागले विमानका पाइलटसँग सम्पर्क राखेको बताएका छन् ।

अधिकारीहरुले उनीहरुसँगै फसेका एक–दुई यात्रुसँग पनि कुराकानी गरेका थिए । दुर्घटनापछि करिब ९० हजार मानिस बिजुलीविहीन रहेको बताइएको छ । त्यहाँ प्राविधिक उद्धार टोलीले राहत र उद्धार कार्य गर्नु पर्ने भएपछि प्रशासनले सडक पनि बन्द गरेको थियो ।

दुर्घटना पछि प्रिन्जरको ट्विटर ह्यान्डलमा एक भिडियो पोस्ट गरिएको छ। यो भिडियोमा विमान कसरी तारमा फसेको प्रष्ट देखिन्छ । विद्युत् कटौतीका कारण ट्राफिक सिग्नल र लिफ्ट समेत बन्द भएका थिए भने केही व्यक्ति लिफ्टमै बसेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top