×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

४ कार्तिक २०८२

३ कार्तिक , काठमाण्डौ ।

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा दुर्लभ विमान दुर्घटना भएको छ । जहाँ एक कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खसेको छ । र यो दुर्घटनामा परी दुई जनाको मृत्यु समेत भएको छ ।

तर मृत्यु हुनेमा चालक वा विमानमा सवार नभई दुवै जना ‘ग्राउन्ड स्टाफ’ अर्थात जमिनमा काम गर्ने कर्मचारी रहेका छन् । विमान उनीहरू चढेको गाडीमा ठोक्किँदा समुद्रमा खसेको थियो ।

विमान पनि चिप्लिएर समुद्रमा खसेको हो । विमानमा सवार चालक दलका चार सदस्यहरूको भने जीवितै उद्धार गरिएको छ । उनीहरूलाई अस्पताल लगिएको छ । स्थानीय समयानुसार सोमबार बिहान ३ बजेर ४० मिनेट जाँदा दुर्घटना भएको बताइएको छ ।

एमिरेट्सको फ्लाइट ईके ९७८८ दुबईबाट हङकङ जाँदै थियो । विमान टर्कीको कार्गो एयरलाइन एयर एसीटीको बोइङ ७४७–४८१ विमान हो ।नागरिक उड्डयन विभागका अनुसार दुर्घटनापछि विमानस्थलको जमिनमा कार्यरत दुई जना कर्मचारी समुद्रमा खसेका थिए ।

उनीहरूको उद्धार गरिए पनि पछि अस्पतालमा मृत्यु भएको सार्वजनिक प्रसारण संस्था आरटीएचके लगायत स्थानीय सञ्चार माध्यमले प्रहरीलाई उद्धृत गर्दै जनाएका छन् ।

दुर्घटनापछि प्रभावित उत्तरी धावनमार्ग बन्द गरिएको छ, तर विमानस्थलका अन्य दुई धावनमार्ग भने सञ्चालनमा रहेका छन् । राम्रो सुरक्षा रेकर्ड रहेको यस विमानस्थलमा यस्तो दुर्घटना बिरलै हुने गरेको छ ।

जहाज दुई टुक्रा भएको र एउटा भाग पानीमा तैरिरहेको अवस्थामा भेटिएको छ । विमानस्थलमा आज कम्तिमा ११ वटा कार्गो जहाज अवतरण गर्ने तालिका रहेकामा सबै रद्द गरिएका विमानस्थलको वेबसाइटमा उल्लेख छ ।

दुर्घटनापछि गरिएको पत्रकार सम्मेलनमा एउटा गस्तीमा खटिने कारलाई उक्त कार्गो विमानले धकेलेर समुद्रमा पु¥याएको र त्यस क्रममा ३० र ४१ वर्षका दुई जनाको मृत्यु भएको जानकारी गराइएको छ ।

उक्त विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट बाहिर गएको थियो र बारमा दुर्घटनाग्रस्त भएपछि रनवे बाहिर रहेको गस्तीमा संलग्न कारसँग ठोक्किएको थियो । अवतरण गर्नुअघि उक्त विमानले कुनै खतराको सङ्केत दिएको थिएन ।

अनुसन्धानकर्ताहरूले समुद्रबाट उक्त विमानको ब्ल्याक बक्स खोजी गर्ने प्रयास गरिरहेका छन् । दुर्घटना भएको समयमा उक्त धावनमार्गको अवस्था सुरक्षित रहेको भनिएको छ ।

तर उक्त कार्गो विमान दुर्घटनाभएसँगै उत्तरमा अवस्थित उक्त धावनमार्ग बन्द गरिएको छ र सुरक्षा मूल्याङ्कनपछि मात्रै त्यसलाई खुल्ला गरिने भनिएको छ । विमानस्थलका अधिकारीहरूले समुद्रबाट दुर्घटनाग्रस्त विमानको भागहरू हटाउने विषयमा वायुसेवा कम्पनीसँग छलफल गरिरहेको उल्लेख गरेका छन् ।

अधिकारीहरूले वायुसेवा कम्पनीका प्रतिनिधिहरू हङकङ आउने क्रममा रहेको र उनीहरू आउने बित्तिकै त्यसबारे छलफल हुने उल्लेख गरेका छन् । टर्कीको मालबाहक एअरलाइन एअर एटीसीको स्वामित्वमा रहेको उक्त ७४७–४८१ जहाजले पहिले यात्रु बोक्ने गथ्र्यो तर पछि त्यसलाई मालबाहक बनाइएको थियो ।

उक्त विमान ३० वर्षभन्दा पनि पुरानो भएको र सन् १९९३ मा पहिलो पटक उडान गरेको विमानसम्बन्धी बेवसाइट ’एअरफ्लिट्स’ले जनाएको छ । इमिरेट्सले दुर्घटना हुँदाको समयमा जहाजमा कुनै मालसामान नभएको जनाएको छ ।

विमानस्थलमा व्यस्तता बढ्ने समयमा यो दुर्घटना भएको थियो । प्रहरीले यो मामिलामा फौजदारी अनुसन्धानको सम्भावना अन्त्य नभइसकेको उल्लेख गरेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top