Nepal Times
Nepal Times
3
Shares

जर्मन बुन्डेस लिगामा बर्लिनमाथि डर्टमुन्डको संघर्षपुर्ण जित

जर्मन बुन्डेस लिगामा बर्लिनमाथि डर्टमुन्डको संघर्षपुर्ण जित

२५ जेठ, एजेन्सी ।
जर्मन बुन्डेस लिगामा उपाधिको झिनो आशा बोकेको बोरुसिया डर्टमुन्डले हेर्था बर्लिनमाथि संघर्षपुर्ण जित निकालेको छ । सिग्नल इडना पार्कमा शनिबार राति भएको खेलमा डर्टमुन्डले १–० को संघर्षपुर्ण जित निकाल्दै उपाधिको झिनो आशा जीवितै राखेको हो ।

बायर्नको संघर्षपुर्ण जितमा इम्री क्यानले गरेको गोल नै निर्णायक बन्यो । क्यानले दोस्रो हाफमा जुलियन ब्रान्डको पासमा गोल गरेका थिए ।घरेलु मैदानमा डर्टमुन्डले बर्लिनलाई शुरुवातदेखि नै दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । २२औं मिनेटमा जुलियन ब्रान्डको पासमा थोर्गन हजार्डको प्रहारलाई डिफेन्डरले क्लियर गरिदिदा डर्टमुन्ड अग्रता लिनबाट चुक्यो । लगत्तै २४औं मिनेटमा जुलियन ब्रान्डको प्रहार पोस्टबाट थोरै बाहिरियो ।

५१ओं मिनेटमा एलेक्स विस्टेलले गोल गर्ने सुन्दर अवसर खेर फाल्यो । ५५औं मिनेटमा हेर्थाले मौका पाएपनि सदुपयोग गर्न सकेन । ५७औं मिनेटमा इम्री क्यानले जुलियन ब्रान्डका पासमा गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । त्यसपछि पनि दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा क्यानको एक गोल नै डर्टमुन्डको जितमा निर्णायक बन्यो ।

जितसँगै डर्टमुन्डले शीर्षस्थानको बायर्न म्युनिखसँगको अंक दुरी ७ मै राखेको छ । डर्टमुन्डको ६३ तथा बायर्नको ७० अंक छ । डर्टमुन्डलाई च्याम्पियन बन्न बाँकी रहेको सबै चार खेलमा जित निकाल्नुको विकल्प नरहँदा बायर्नलाई केवल दुई जितको खाँचो छ । हारपछि हेर्था ३८ अंक जोडेर नवौं स्थानमा यथावत छ ।

बायर्नले अब बोरुसिया मोन्चेनग्लाडवाच, वेर्डर ब्रेमेन, फ्रेइवर्ग र वल्फ्सवर्गसँग खेल्न बाँकी छ । डर्टमुन्डले डुसेलडर्फ, माइन्ज, आरबी लाइप्जिग र होफेनहाइनसँग खेल्न बाँकी छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.