Nepal Times
Nepal Times
3
Shares

जलवायु परिवर्तनसँग जोडिएका चरम घटनाहरु पूर्वानुमान गरिएभन्दा चाँडै देखिदै

जलवायु परिवर्तनसँग जोडिएका चरम घटनाहरु पूर्वानुमान गरिएभन्दा चाँडै देखिदै

३० भदौ, एजेन्सी । जलवायु परिवर्तनसँग जोडिएका गम्भीर या चरम घटनाहरु पूर्वानुमान गरिएको भन्दा चाँडै देखिनु भयानक रहेको एक वरिष्ठ वैज्ञानिकले बताएका छन् ।

ती वैज्ञानिकका अनुसार युरोपमा यो वर्ष चलेको हिटवेभ (तातो हावा) सहितका घटना जलवायु परिवर्तनको प्रभाव रहेको र यस्ता घटना अहिले नै होलान् भन्ने अपेक्षा थिएन ।

प्राध्यापक सर डेविड किङ्गले जलवायु परिवर्तन सम्बन्धी विभिन्न चरम घटनाहरुबाट आफू अति भयभित भएको बताएका छन् । बेलायती वैज्ञानिक किङ्गले बेलायतसहित विश्वभरका देशले हालको जलवायु परिवर्तन रणनीतिलाई परिमार्जन गर्नु पर्ने बताएका छन् ।

तर संयुक्त राष्ट्रसंघीय मौसम नियोगका प्रमुखले भने ‘भयभित’ सहितका शब्दको प्रयोग गर्दा युवाहरु डिप्रेशनमा जाने या चिन्तित हुने बताएका छन् ।

जलवायु परिवर्तन विरुद्ध अभियान चलाइरहेकाहरुले भने मानिसहरुले नडराएसम्म काम नगर्ने भएकाले डरको खाँचो रहेको बताउँछन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.