×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

जस्तोसुकै परिस्थितिको सामना गर्न सदैव तयार छौँः प्रधानसेनापति थापा

१८ चैत्र २०७७

१८ चैत्र, बर्दिवास ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले सेना जनताको आस्था र भरोसाको केन्द्र र एकताको प्रतीक रहेको बताएका छन् ।

मध्यपूर्वी पृतना मातहतका जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिकका प्रतिनिधिलाई आज बर्दिवासमा सम्बोधन गर्दै उनले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकता कायम गर्नु सेनाको परम्कर्तव्य भएको स्पष्ट गरे ।

प्रधानसेनापति थापाले भने, ुहामी आफ्नो कर्तव्यपथमा अडिग रही संविधानले सुम्पिएको विशिष्ट जिम्मेवारी पूरा गर्न जस्तोसुकै परिस्थितिको सामना गर्न सदैव तयार छौँ र भविष्यका लागि पनि तयार रहने छौँ ।”

पुर्खाले रचेको सुनौलो र गौरवमय इतिहासलाई जीवन्त राख्न समर्पित रही कर्तव्यपथमा अघि बढिरहेको बताउँदै सेनाले जनचाहनाअनुरुप परिवर्तन र परिमार्जन हुँदै आएको राज्य सञ्चालन प्रणालीलाई स्वतस्फूर्तरुपमा आत्मसात् गर्दै संविधान प्रदत्त जिम्मेवारी बहन गर्न निःस्वार्थ त्याग, बलिदान र योगदानले सेनाको विशिष्ट छवि अक्षुण्ण बनाउँदै आएको जनाएको छ ।

प्रधानसेनापति थापाले भने, सेनाको भूमिकालाई अक्षुण्ण राख्ने कार्यमा भूपूसैनिकको भूमिका महत्वपूर्ण हुन्छ, अग्रज र हामीले बगाएको रगत पसिनाले राष्ट्रिय स्वाधीनता, अखण्डता कायम राख्न अहम् भूमिका खेलेको तथ्य इतिहासको पानामा स्वर्णिम अक्षरले कुँदिएका छन् ।

वीरपुर्खाको त्याग, समर्पण, बलिदान, कर्तव्यपरायण, अटल राष्ट्रभक्ति, जीवन्तता र गौरवमय इतिहास रहेको उल्लेख गर्दै उनले हाम्रो इतिहास, गौरवमय परम्परा, उच्चस्तरको चेनअफ कमान्ड, अराजनीतिक चरित्र, एकताको भावना, अविछिन्न साङ्गठनिक लक्ष्यबाट निर्देशित रहँदै आएको बताए ।

कुशल व्यावसायिकीकरण राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा समेत भरपर्दो, विश्वसनीय र व्यावसायिक फौजका रुपमा स्थापित सेनाले राष्ट्रियस्तरमा आर्जन गरेको उत्कृष्ट छवि र विश्वासका आधारमा सरकारले सामरिक महत्वका राष्ट्र विकास र निर्माणमा सहभागी गराउँदै आएको छ ।

मुलुकको शान्ति सुव्यवस्था र स्थिरताको खातिर सेनाले गर्दै आएको योगदानले सबैलाई गौरवको अनभूति भइरहेको बताउँदै प्रधानसेनापति थापाले परिवर्तित परिस्थितिमा संविधानअनुरुप प्रादेशिक तहमा सेनाको साङ्गठानिक स्वरुपको व्यवस्थापन गर्दै प्राथमिक र विशिष्ट जिम्मेवारी बहन गर्दै आएको बताए ।

सम्मेलनमार्फत सेनाले साझा सरोकारका विषयमा जानकारी लिँदै राष्ट्र र सेनाका लागि भूपूसैनिकले गरेको समर्पणको यथोचित सम्मान गर्दै आएको छ ।

भूपूसैनिकको आर्थिक उन्नति, प्रगति र बाँकी जीवनको समुच्च व्यवस्थापन भनेकै सिङ्गो सेनाको आधारस्तम्भ बलियो हुने जनाउँदै सेनाले अवकाश पछिको जीवनमा थप ऊर्जा र शक्ति प्रदान गर्न, सुखदुःख बाँड्न, अनुभव आदानप्रदान गर्न, सामूहिक भावना विकास गरी कल्याणकारी विविध कार्यक्रमबारे जानकारी गराउँदै समयानुकूल तुल्याउन रायसुझाव सङ्कलन गर्ने उद्देश्यले सम्मेलन गर्दै आएको छ ।

यो क्षेत्रका सबैभन्दा भूपूसैनिकको सङ्ख्या धेरै भएको जिल्ला रामेछाप हो । चारभन्दा बढी सन्तानलाई सेनामा भर्ना गर्न प्रोत्साहन गर्ने ३० परिवारलाई सम्मेलनका क्रममा सम्मान गरियो । बर्दिवासमा पृतना स्थापना भएपछि पहिलो पटक यस प्रकारको सम्मेलन गरिएको हो ।

बलाधिकृतरथी प्रभुराम शर्माले भूपूसैनिकको स्वास्थ्य सुरक्षालगायत समग्र सामाजिक दायित्व लिन सङ्गठन तयार रही नयाँ सोच र चिन्तनका आधारमा कल्याणकारी कार्यक्रम अघि बढाइरहेको उनले बताए ।

उक्त पृतनाको कार्यक्षेत्र महोत्तरी, काभ्रे, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्ला रहेको छ ।

सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले कोषका विस्तार भएका कल्याणकारी कार्यक्रमको जानकारी गराउँदै हिताधिकारीको जीवनस्तर उकास्न रायसुझाव लिन सम्मेलन निकै फलदायी हुने बताए ।

नेपाल राष्ट्रिय भूपूसैनिक सङ्घका उपसभापति केशरबहादुर भण्डारीले सैनिक कल्याणकारी कोषबाट प्राप्त सेवासुविधाबाट भूपूसैनिक र आश्रित परिवारको आर्थिक पाटोबाट जीवन उकास्न महत्वपूर्ण योगदान भइरहेको धारणा व्यक्त गरे ।

पूर्वसहायकरथी उदितनारायण देवले त्यस क्षेत्रको समग्र भूपूसैनिकका तर्फबाट सम्बोधन गर्दै कल्याणकारी कोषका सेवा सुविधालाई क्रमशः विस्तार गर्दै लैजाने सङ्गठनको सोच र अवधारणालाई मूर्तरुप प्रदान गर्न सबैको सहयोग र सुझावको अपेक्षा गरे ।

मुलुकभर भूपूसैनिक र एकल महिलाको सङ्ख्या करीब ८६ हजार छ भने कल्याणकारी कोषबाट सेवासुविधा प्राप्त गर्ने आश्रितको सङ्ख्या आठ लाखभन्दा बढी छ ।

सेनाले पछिल्ला वर्षमा प्रत्येक प्रधानसेनापतिको तीनवर्षे कार्यकालमा एक पटक प्रादेशिकरुपमा भूपूसैनिक सम्मेलन गर्दै आएको छ ।

सम्मेलनमा यस क्षेत्रका ज्येष्ठ भूपूसैनिक ९१ वर्षीय रुद्रबहादुर बस्नेत तथा ज्येष्ठ एकल महिला ९८ वर्षीया सुमीत्रा थापालाई सम्मान गरियो ।

सम्मेलनमा सहभागी भूपूसैनिक एवं एकल महिलालाई मण्डी, टोपी, सल, प्राथमिक उपचार बक्स, कल्याणकारी हाते पुस्तिका र आम सञ्चारमाध्यम प्रयोगसम्बन्धी मार्गदर्शन प्रदान गरियो ।

अर्को प्रादेशिक सम्मेलन यही २२ चैतमा बागमती प्रदेशको हेटौँडामा हुँदैछ ।(रासस)

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top