Nepal Times
Nepal Times
3
Shares

जहदामा जारी वडा अध्यक्ष कप क्रिकेटमा कलाबन्जर सेमीफाइनलमा प्रवेश

जहदामा जारी वडा अध्यक्ष कप क्रिकेटमा कलाबन्जर सेमीफाइनलमा प्रवेश

१५ फागुन, विराटनगर ।
मोरङको जहदामा लक्ष्मीनिया युवा क्लवद्वारा आयोजित वडा अध्यक्ष कप क्रिकेट प्रतियोगितामा कलाबन्जर युवा स्पोर्टिंग क्लव धनपाल्थानले जहदा सृजनशील युवा क्लवलाई पराजित गरेको छ । शुक्रबार भएको दोश्रो क्वाटर फाइनल खेलमा कलाबन्जरले सहज जित हात पारेको हो ।

टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको जहदा सृजनशिल १५ ओभरमा अलआउट हुँदै ४७ रन मात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा उत्रिएको कलाबन्जरले ६ ओभरमै ४८ रन बनाई जित निकाल्न सफल भयो ।

यो खेल जितेसंगै कलाबन्जर सेमिफाइनलमा प्रवेश गरेको छ। खेलमा ३ विकेट लिएर म्यान अफ दि म्याच भएका राजा यादवलाई आयोजक लक्ष्मीनिया युवा क्लवका अध्यक्ष नितेस कुमार साहले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

आजको पहिलो खेल लक्ष्मी युवा स्पोर्टिंग क्लव बभनटोलि र जहदा–७ बीच हुनेछ । त्यस्तै अर्को खेल ब्राइट फ्युचर क्लव जतुवा र एम।सी।सी। क्लव बिराटनगरबीच हुने आयोजकले जनाएको छ ।

लक्ष्मीनिया युवा क्लवले आयोजना गरेको सो क्रिकेट प्रतियोगितालाई जहदा–५ वडा कार्यालयले आर्थिक सहयोग गरेको छ । वाईवाईले प्रायोजन गरेको प्रतियोगितामा मुस्तांग बियर सह–प्रायोजक रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.