×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

जाडो बढेसँगै नियमित विद्यालय आउने घटे

११ पुष २०७४

दमक, पुष ११
जाडो बढेसँगै ग्रामीण बस्तीमा रहेका सामुदायिक विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थीको संख्या घट्न थालेको छ ।

पुस लागेसँगै चिसो बढेपछि दुर्गम बस्तीका विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थी घट्न थालेका छन् । जाडोले गर्दा कमजोर आर्थिक अवस्था कमजोर भएका विपन्न समुदायका बालबालिकाको पठनपाठनमा समस्या हुँदै गएको छ ।

जाडोले गर्दा नै दुर्गम बस्तीका कतिपय त्यस्ता विद्यालयमा यतिबेला आधाभन्दा बढी नै विद्यार्थीको संख्या घट्न थालेको त्यहाँका विद्यालयले जनाएका छन् । गौरीगञ्ज गाउँपालिका–१ महाभारास्थित बालकल्याण माविका प्रअ भोलाप्रसाद खतिवडा अधिकांश विपन्न वर्गका विद्यार्थी भएको तथा जाडो छल्ने खालका लुगा नहुँदा सधै झैँ विद्यार्थीको हाजिरी अनुपात ह्वात्तै घटेको बताउछन् ।

चिसो बढेसँगै विद्यालय आउने संख्यामा कमी हुनाका साथै जनजीवन कष्टकर बन्दै गएकाले नियमित पठनपाठनमा नै समस्या हुँदै गएको उनी बताउँछन् ।

जाडोभरी ग्रामीण क्षेत्रका विद्यालयमा यस्तो समस्या वर्षेनी हँुदै आएको उनको धारणा छ । कतिपय बालबालिका चिसोकै कारण विद्यालय नआउने र विस्तारै बीचैमा विद्यालय छाड्ने गरेको खतिवडाको बुझाइ छ ।

सोही वडामा पर्ने होक्कलबारीस्थित इन्द्रेणी आधारभूत विद्यालयका प्रअ शिवकुमार मैनाली पनि न्यानो कपडा र जुत्ता चप्पलको अभावमा बालबालिका विद्यालय आउनै छांडेको बताउछन् ।

करिब १०० विद्यार्थी पढ्ने गरेको इन्द्रेणी आधारभूत विद्यालयमा ८४ प्रतिशत बालबालिका सीमान्तकृत र आदिवासी समुदायका छन् । तीमध्ये ५३.३९ प्रतिशत बालबालिका सन्थाल समुदायका छन् ।

कमल गाउँपालिका–५ स्थित मंगलमय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णनन्द शर्मा शैक्षिक सिकाइ गुणस्तरीयसँगै विद्यालयमा चाहिने न्यूनतम फर्निचरका सामग्री, बिजुली बत्ती, आदिको व्यवस्था हुन नसक्दा
सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आर्कषण हुन नसकेको बताउछन् । विद्यालयमा नियमित पठनपाठन हुने व्यवस्था गर्नका लागि आधारभूत पूर्वाधार मात्र पूरा गर्न सके सधैँ सबै बालबालिका विद्यालय आउने उनको भनाइ छ ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top