×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जापानका प्रधानमन्त्री आबेको ऐतिहासिक कार्यकाल

८ भाद्र २०७७

८ भदाै, टोकियो।

जापानका प्रधानमन्त्री शिन्जो आबे जापानको इतिहासमै सबैभन्दा लामो अवधिसम्म लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति भएका छन्। तर कोरोनाभाइरसका कारण कुनै औपचारिक समारोह गर्नुको साटो प्रधानमन्त्री आबे दोस्रो पटक स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन् ।

सन् २०१२ को अन्त्यतिर दोस्रो कार्यकालका लागि चुनिएका प्रधानमन्त्री आबे सोमबार सम्ममा लगातार २ हजार ७७९औं दिन प्रधानमन्त्री पदमा रहन सफल भएका छन् । यसअघि सन् १९६४ देखि १९७२ सम्म तत्कालीन प्रधानमन्त्री आइसाकु सातोले लगातार २ हजार ७९८ दिन प्रधानमन्त्री पदमा रहेर यो सफलता प्राप्त गरेका थिए।

अर्को महिना ६६ वर्षमा प्रवेश गर्नुहुने आबेले गत वर्षको नोभेम्बरमै देशको सर्वाधिक लामो अबधिसम्म प्रधानमन्त्री हुने रेकर्ड पनि पार गरिसक्नु भएको छ ।
स्वास्थ्यका कारण प्रधानमन्त्री आबेको पहिलो कार्यकाल १३ वर्षअघि एकाएक अबरुद्ध भएको थियो । त्यसबखत उहाँ एक वर्षमात्र प्रधानमन्त्रीमा रहनु भएको थियो । अहिले पनि उहाँको स्वास्थ्य अवस्थामा समस्या उत्पन्न हुन थालेको छ । पछिल्लो एक साताको अवधिमा उहाँ दोस्रो पटक सोमबार स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्नु भएको छ ।

दोस्रो पटक अस्पताल पुग्नेक्रममा संवाददाताहरुसँग कुरा गर्दै प्रधानमन्त्री आबेले आफू अघिल्लो पटक गरिएको स्वास्थ्य परीक्षणको नतिजा बुझ्न र थप परीक्षण गराउन आएको प्रतिक्रिया दिए । उनले भने, “मेरो स्वास्थ्य अहिले ठीक छ, र म अझ कडा मिहिनेत गर्न चाहन्छु ।”

अघिल्लो सोमबार प्रधानमन्त्री आबेले टोकियोस्थित कियो युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षणका लागि सात घण्टा बिताएका थिए । जापानी संचार माध्यमहरुले प्रधानमन्त्री आबेको स्वास्थ्य निरन्तर खस्किदै गएको अनुमान गरेका छन् ।

आबेको मन्त्रिपरिषदका वरिष्ट सदस्यहरु एवं अर्थमन्त्री तारो आसो समेतका सत्तारुढ दलका नेताहरुले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आरामको जरुरत रहेको बताएका छन्

प्रधानमन्त्री कार्यालयको समाचार संकलन गर्ने संचारकर्मीहरुले प्रधानमन्त्री आबे निकै थकित देखिन थालेकाे र विगतको जस्तो फुर्तिलो गरी हिँड्न नसक्ने अवस्थामा पुग्नु भएको बताएका छन् । गत साता प्रधानमन्त्री आबेले कार्यालयमा निकै कम समय दिएका थिए।रासस / एपी

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top