×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

२३ असोज, काठमाडौं । जापानले आउँदो नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ । कोरोना भाइरसको महामारी फैलिँदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुला गरेर सरकारले ती देशहरुबाट आउन दिने योजना बनाएको हो ।

जापानले अनुमति खुला गर्न लागेका देशहरुमा इण्डोनेसिया, चीन, अस्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण कोरिया, भियतनाम, मलेसिया, ताइवानलगायत रहेका छन् । सरकारले अत्यावश्यक काम परेका र आउनै पर्ने अवस्थामा रहेकाहरुलाई मात्रै यात्रा अनुमति दिन लागेको हो । जापानले अहिले विश्वका एक सय ५९ देश तथा क्षेत्रहरुबाट जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ ।

जापान आउनुअघि यात्रुहरुले कोरोना भाइरस परीक्षण गराएर नेगेटिभ रिपोर्ट आएको कागजपत्र देखाउनुपर्नेछ । त्यसैगरी उनीहरुलाई जापान आइसकेपछि १४ दिनसम्म घरमै आइसोलेशनमा बस्नुपर्ने र त्यस अवधिमा सार्वजनिक यातायातका साधन प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ ।

यो नियमहरुको कार्यान्वयनको जिम्मेवारी आगन्तुकलाई “स्पोन्सर” गर्ने व्यक्ति वा कम्पनीले लिनुपर्ने सर्त पनि राखिएको छ । सुरुमा दैनिक एक हजार जना विदेशीलाई मात्रै आउन दिने जापान सरकारको योजना छ । यो सङ्ख्या बिस्तारै वृद्धि गरिँदै लैजाने अधिकारीहरुले जनाएका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top