Nepal Times
Nepal Times
3
Shares

जापानले फुकुसिमा आणविक स्टेशनको १० लाख टन प्रदुषित पानी समुद्रमा छोड्ने

जापानले फुकुसिमा आणविक स्टेशनको १० लाख टन प्रदुषित पानी समुद्रमा छोड्ने

३१ चैत, एजेन्सी । जापानले फुकुसिमा आणविक स्टेशनको १० लाख टन प्रदुषित पानी समुद्रमा छोड्ने बताएको छ ।

फुकुसिमा आणविक स्टेशनमा क्षति भएको एक दशकपछि जापान सरकारले स्टेशनमा जम्मा भएको पानी छोड्न लागेको हो। जापानी अधिकारीहरूले मंगलबार उक्त योजनाबारे जानकारी दिएका छन्।

अबको दुई वर्षमा पानी छोड्ने क्रम सुरू हुने र सबै पानी समुद्रमा फाल्न दशक लाग्न सक्ने बताइएको छ।

’नियामक मापदण्डहरूको कडा पालना गर्दै पानी समुद्रमा छोड्न निर्णय भएको छ,’ जापान सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उक्त पानीमा भएका हानिकारक कुराहरूलाई नष्ट गर्न फेरि फिल्टर गर्नु पर्ने हुन्छ।

टोकियो ओलम्पिक सुरू हुनु तीन महिनाअघि जापान सरकारले यस्तो निर्णय गरेको हो। टोकियो ओलम्पिकका केही खेल फुकुसिमा प्लान्टबाट ६० किलोमिटर पर आयोजना गरिएका छन्।

सन् २०११ को सुनामीले फुकुसिमा आणविक प्लान्टमा क्षति भएको थियो। त्यसयता प्लान्टमा १२ लाख ५० हजार टन पानी जम्मा भएको छ।

आणविक प्लान्टको पानी समुद्रमा फाल्ने जापान सरकारको निर्णयले माछा मार्ने स्थानीय समुदाय र छिमेकी दक्षिण कोरियालाई चिढ्याउने छ।

’पहिला उनीहरूले माछा मार्नेहरूको सहयोगबिना पानी समुद्रमा छोड्दैनौं भनेका थिए, ’ फुकुसिमाको एक फिसरी सहकारीका प्रमुख कान्जी ताजियाले भने,‘उक्त वाचा तोड्ने र एक पक्षीय रूपमा पानी समुद्रमा हाल्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौं।’

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.