Nepal Times
Nepal Times
3
Shares

जीप दुर्घटनामा ज्यान गुमाएकाको शोकमा गुल्मी जिल्ला प्रशासन कार्यालय बन्द

जीप दुर्घटनामा ज्यान गुमाएकाको शोकमा गुल्मी जिल्ला प्रशासन कार्यालय बन्द

२ बैशाख, प्युठान । प्युठानमा बुधबार जीप दुर्घटनामा परि ज्यान गुमाएकाको शोकमा जिल्ला प्रशासन कार्यालय गुल्मी बन्द गरिएको छ ।

दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्य पन्थी, खरिदार ईश्वरी भण्डारी, यम लालपन्थी र चालक केशव कार्कीको जीप दुर्घटनामा ज्यान गएपछि प्रशासनले शोकमा कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीले आज कार्यालयको सबै कामकाज पूर्णरुपमा बन्द रहने र भोलिदेखि सोमवारसम्मका लागि शान्ति सुरक्षा र मुद्दा सम्बन्धीका कामकाजबाहेक अन्य सेवा बन्द हुने बताए ।

हिजो गुल्मीको सदरमुकाम तम्घासबाट स्वर्गद्वारी दर्शनका लागि छुटेको लु १ ज १६५५ नम्बरको जीप प्युठान नगरपालिका–३ रुमाले नजिकै दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो ।

घाइते भएका ७ जनाको काठमाडाँैमा उपचार भइरहेको छ भने एक जनाको प्युठान अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

अन्य चार जना भने सामान्य उपचारपछि घर फर्किएका प्रकाशकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.