×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जुँगा पालेबापत मासिक रु २५० !

१० जेष्ठ २०७५

दाङ, १० जेठ ः सुन्दा अचम्म लाग्न सक्छ, कतै जुंगा पालेर पनि पैसा कमाइन्छ र ? तर यहाँका एक व्यक्ति भने विगत १२ वर्षदेखि जँुगा पालेर नै मासिकरुपमा पैसा कमाउँदै अएका छन् ।

घोराही उपमहानगरपालिका–१५ निवासी कालीबहादुर बुढाथोकीले जुंगा पालेबापत विगत १२ वर्षदेखि मासिक तलब जस्तै गरी पैसा बुझ्दै आउनुभएको छ । दाङको घोराहीमा रहेको वेस्टर्न डेलभपमेन्ट बैंकमा सुरक्षा गार्डका रुपमा कार्यरत बुढाथोकीलाई तुलसीपुर निवासी पूर्ण भण्डारीले मासिक रु २५० प्रदान गर्दै आएका छन्।

“म पेशाले निर्माण व्यवसायी हँु, कामको सिलसिलामा बैंकमा आइरहँदा कालीबहादुरले पालेको जुंगा देख्दा मलाई रमाइलो लाग्थ्यो”, भण्डारीले भने। नागबेली आकारको उनको काला जुंगा देखेपछि मैले खुशीले उनलाई प्रोत्साहनस्वरुप पैसा दिने निर्णय गरेको हुँ ।” २०६२ सालदेखि आफूले नियमित रुपमा जुंगा पालेबापत रकम प्राप्त गर्दै आएको बुढाथोकीले बताए ।

“शुरुमा उहाँले रु ५० बाट शुरु गर्नु भएको हो, अहिले रु २५० मासिक उपलब्ध गराउँदै आउनुभएको छ,” बुढाथोकीले भने । जुंगालाई मन पराइदिएर पैसा दिँदा आफूलाई पनि खुशी लागेको समेत उनले बताए । जुंगा पालेर प्राप्त गरेको पैसा जुंगा संरक्षणमा नै खर्च गर्ने गरेको समेत उनले बताए ।

बुढाथोकी अवकाशप्राप्त नेपाली सैनिक हुन् । उनले नेपाली सेनाको दुर्गा भञ्जन गुल्ममा कार्यरत रहँदा २०५७ सालतिर पनि मासिक रु १०० जुंगाको तलब खाने गरेको बताए । “म नेपाली सेनामा हवल्दार हँुदा मलाई मेरो गुल्मका क्याप्टेन समिर रानाले पनि मासिक रु १०० जुंगा पालेबापत पैसा दिँदै आउनुभएको थियो,” उनले भने ।

अहिले बैंकको सुरक्षा गार्डका रुपमा रहेका बुढाथोकीलाई निर्माण व्यवसायी भण्डारीले आफू बाँच्दासम्म प्रत्येक वर्ष थोरै भएपनि वृद्धि गर्दै जुंगाको लागि पैसा दिइरहने बताए। भण्डारीले बुधबार बुढाथोकीलाई बैंकमा नै भेटेर एकमुष्ट रु पाँच हजार प्रदान गरेका थिए ।

रासस

 

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top