×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

जेनजीका गृहमन्त्री अर्याल पनि हावादारी निस्किए

४ कार्तिक २०८२

३ कार्तिक , काठमाण्डौ ।

आइतबारमात्रै गृहमन्त्री ओमप्रकाश अर्यालले देश छाडेर भागिसकेका भनिएका पूर्वऊर्जा मन्त्री दीपक खड्का आज बिहानै बुढानिलकण्ठबाट सार्वजनिक भएका छन् । सोमबार बिहान बुढानीलकण्ठस्थित जलेको आफ्नै घरमा पत्रकार सम्मेलन गर्दै उनी सार्वजनिक भएका हुन् ।

गृहमन्त्री अर्यालले आइतबार मात्र नयाँ पत्रिकासँगको अन्तर्वार्तामा तत्कालीन ऊर्जामन्त्री खड्काको नाम नलिइ पूर्व उर्जामन्त्री देश छाडेर भागेको दाबी गरेका थिए । तर सोमबार बिहान फेसबुक लाइभ गरिएको पत्रकार सम्मेलनमा उनले भने, ‘भाग्नुपर्ने कुनै कारण छैन । आन्दोलनको विषयमा छानबिनका लागि तत्कालीन सरकारले निर्णय नै गरेको छ । भाग्न किन प¥यो ।’

उता गृहमन्त्रीले भने सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि तत्कालीन ऊर्जामन्त्री खड्का भागेको दाबी गरेका थिए । तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू पनि भाग्न खोज्दै छन्, उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छ कि भनेर अध्ययन गरिरहेका छौँ भनेका थिए ।

यता खड्काले भने जेनजी पुस्ताले गरेको आन्दोलन जायज भए पनि आन्दोलनमा देखिएका अदृश्य शक्तिका कारण देश नै रहने कि नरहने र हामीले नेपाली भन्न पाउने कि नपाउने भन्ने अवस्था रहेको बताएका छन् ।

उनले निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने विषय पार्टीले निर्णय गर्ने भन्दै तर यो विषयमा राजनीतिक दलहरूले समान धारणा बनाएर जानुपर्ने बताए । यस्तै जेनजी आन्दोलन पछि केही समय आफू भारतमा रहेको पनि उनले जानकारी गराए ।

खड्काले आफू डेंगु संक्रमणका कारण ११ दिन भारतको वेदान्त अस्पतालमा उपचार गराएर फर्किएको बताएका हुन् । आफू र बच्चालाई डेंगु भएका कारण भारतको वेदान्त अस्पतालमा उपचार गराएको रेकर्ड अहिले पनि आफूसँग रहेको उनले बताए ।

आफू र बच्चा बिरामी हुनु र आफ्नाविरुद्ध भ्रामक समाचार सार्वजनिक भएपछि अहिले पनि श्रीमती ट्रमामा रहेको पनि उनले बताए । उनले भने, ‘बिरामी भएपछि उपचारका लागि भारतमा गएँ । डेँगु भएछ । ११ दिन वेदान्त अस्पतालमा बसेको रेकर्ड छ । बच्चा पनि सँगै थियो बच्चालाई पनि भएछ ।’

आफ्नाविरुद्ध गृहमन्त्री ओमप्रकाश अर्यालले र विभिन्न मिडियाहरूले भ्रामक कुराहरू गरिरहेको भन्दै उनले दुःख पनि व्यक्त गरे । उनले २४ गते आन्दोलनकारीहरु घरको ढोकामा नै पुगेपछि आफूलाई अंगरक्षकहरुले बाहिर निकालेको पछि सेनाको ब्यारेकमा बसेको बताए ।

सेनाको क्याम्पबाट निस्केर ३, ४ दिन आफू तराईतिर बसेको उनको भनाई छ । तराईबाट आफू उपचारका लागि भारत गएको पनि बताए । गृहमन्त्री र मिडियाले नै समाजलाई भ्रममा पारेर आफ्ना विरुद्ध अफवाह फैलाएको उनको गुनासो थियो ।

उनले गृहमन्त्री र मिडियाहरू आफ्ना विरुद्ध लागेर कसका लागि काम गरिरहेका छन् भन्दै प्रश्न पनि गरे । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको समयमा कांग्रेस नेता दीपक खड्का ऊर्जामन्त्री रहेका थिए ।

सो आन्दोलनकै क्रममा प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित उनको घरमा आगजनी गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ऊर्जामन्त्री बनेका खड्काकै दबाबमा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यकाल बाँकी रहँदै पदमुक्त गरिएको थियो ।

तर, जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पुनः कुलमान घिसिङलाइ नै ऊर्जामन्त्री बनाएको छ । उनले अहिले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन् ।

यता गृहमन्त्री अर्यालले भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै आयोग गठनको आवश्यकताबारे प्रश्न उठाउँदै भने, ‘राज्यका विद्यमान संयन्त्र नै प्रयोग गरेर काम भइरहेको छ। ती संयन्त्र प्रभावकारी नदेखिए मात्र नयाँ संयन्त्रको आवश्यकता पर्छ,’ उनको भनाइ छ ।

नेताहरू भाग्न थालेको दाबी गर्दै उनले सरकार तिनीहरूलाई रोक्ने कानुनी उपाय खोजिरहेको समेत बताए । ‘उनीहरूलाई भाग्न नदिने प्रावधानबारे हामी अध्ययन गर्दैछौं।सम्पत्ति शुद्धीकरण विभागले विस्तृत विवरण हेर्छ, त्यसपछि बयानका क्रममा बोलाउने वा पक्राउ गर्ने प्रक्रिया अघि बढ्छ,’ उनले स्पष्ट पारे ।

गृहमन्त्री अर्यालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि तीव्र आक्रोश प्रकट गरे । उनले ओलीको ‘आपराधिक लापरबाही’ (क्रिमिनल नेग्लीजेन्स) का कारण भदौ २४ को हिंसात्मक घटना भएको आरोप लगाए ।

‘ओलीलगायत नेताहरूले सरकारले चुनाव रोक्ने उद्देश्यले धरपकड गरिरहेको आरोप लगाइरहेका छन्, के त्यो सत्य हो?’ भनि सोधिएको प्रश्नमा मन्त्री अर्यालले भने, ‘उहाँमा सैतानी प्रवृत्ति छ, खालि भड्काउने मात्र । उहाँको विगत पनि त्यस्तै छ । आजसम्म पनि उहाँ सुध्रिनुभएको छैन । कुशासनविरुद्धमा उर्लेको जनसागर र विद्रोहले उहाँलाई अपदस्त गरेको हो । जेन–जी पुस्ताले हटाएको हो । त्यो पनि उहाँले बोध गर्नुभएन । उल्टो आन्दोलनकारीलाई आतंककारीजस्तो व्यवहार गर्ने उहाँको दिमाग सैतानी छ । त्यो प्रवृत्तिविरुद्ध सरकारले निगरानी गरिरहन्छ । जसको दिमागमै सैतानको वास छ, उसले आफूबाहेक सबैलाई बेठिक भन्छ। उहाँ अवस्था भड्काउन मात्र लाग्नुभएको सबैले बुझिसकेका छन्।’

जनआन्दोलनले नै ओलीलाई पदबाट हटाएको उनको भनाइ छ । ‘जेन–जी पुस्ताले हटाएको हो। उहाँले त्यो बुझेका छैनन् । उल्टो आन्दोलनकारीलाई आतंककारी ठान्ने उहाँको दिमाग सैतानी हो,’ मन्त्री अर्यालले भने,‘सरकार त्यस्तो प्रवृत्तिमाथि निगरानी गरिरहेछ । जसको सोच नै विकृत छ, ऊ अरू सबैलाई दोष लगाउँछ। ओली त्यही प्रवृत्तिका प्रतीक हुन् ।’

गृहमन्त्रीले पूर्वप्रधानमन्त्रीसहितका नेताहरु लक्षित तिखो टिप्पणी गरेपनि कानूनी रुपमा अनुसन्धान अघि नबढाएको भन्दै अर्यालकै कार्यक्षमतालाई लिएर प्रश्न उठ्न थालेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top