×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

जेनजी आन्दोलनपछि एमालेमा ध्रुवीकरण तीव्र

१ कार्तिक २०८२

३१ असोज , काठमाण्डौ ।

जेनजी आन्दोलनबाट प्रधानमन्त्री गुमाएका केपी शर्मा ओलीलाई एमालेको अध्यक्ष पद छोड्न पनि त्यतिकै दबाब छ । यसका अलावा उनलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्न समेत अधिकांश सदस्यहरूले दबाब दिएका छन् ।

जेनजी आन्दोलनपछि पहिलो पल्ट बसेको बैठकबाट एमाले भित्रको ध्रुवीकरण तीव्र वनेको छ । ओली कुनै पक्षमा नेतृत्व छोड्न र भण्डारीको सदस्यता नवीकरण गर्न तयार देखिएका छैनन् भने अधिकांश सदस्यहरू दुई तिहाइको सरकारको प्रधानमन्त्री भएर पनि सेनाको सहयोगमा बालुवाटारबाट लखेटिनु पर्दा सिङ्गो पार्टीको शिर निहुरेको भन्दै तत्काल राजीनामा दिन दबाब दिई रहेका छन् । ट

एक थरीले महाधिवेशनबाटै निर्णय होस भन्दै ओलीलाई साथ दिन खोजी रहेका छन् भने अर्को थरी तत्काल नेतृत्व हस्तान्तरण गरेर पार्टी बचाउने पक्षमा उभिएका छन् ।
विगतमा ओली विरुद्ध उभिन नै डराउने धेरै सदस्यहरू जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीलाई राजीनामा दिन एक पछि अर्को गर्दै खुलेर निस्कन थालेका छन्।

जेन–जी आन्दोलनपछि सत्ता च्युत भएका ओलीले पार्टीको नेतृत्व निरन्तरता दिन खोजे पनि अब नेतृत्व हस्तान्तरण र आत्म समीक्षाको आवाज बलियो रूपमा उठी रहेको छ।

ललितपुरको धोबीघाट स्थित रामबाग पार्टी प्यालेसमा जारी बैठकमा झण्डै एक दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरूले ओलीको राजीनामा मागेका छन् । उनीहरूले जेन–जी आन्दोलनका कारण देश र पार्टीले बेहोरेको विनाशको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताएका छन् ।

केन्द्रीय सदस्य डा। सुरेन्द्र मानन्धरले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै हैसियतमा ओली असफल भएको दाबी गर्दै भने, “दुई तिहाइको प्रधानमन्त्री सरकार छाडेर हेलिकोप्टर चढेर भाग्नुपरेको अवस्थामा सङ्ख्याको बलको अर्थ छैन। पार्टीको विश्वास र जनताको भरोसा हराइसकेको छ।”

मानन्धरले जेन–जी आन्दोलनको विध्वंसबारे नेतृत्व अन्धकारमै बसेको भन्दै अध्यक्षले तत्काल राजीनामा दिनुपर्छ भन्ने धारणा राखे। उनले पार्टीलाई नयाँ, विश्वासिलो र सहकार्यमा सक्षम नेतृत्वमा लैजानुपर्ने बताए।

त्यस्तै, सुरेन्द्र मानन्धर, रचना खड्का, रविन कोइराला, रामलाल साह, ममता गिरी, युवराज बास्कोटा, झपट रावल, प्रकाश शाह, कृष्ण थापालगायतका केन्द्रीय सदस्यहरूले ओलीलाई अभिभावकको भूमिकामा बस्न र मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्।

बैठकमा पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने आवाज पनि बलियोसँग उठेको छ। तीन महिना अघि रोकिएको उनको सदस्यता खुला गर्नुपर्ने माग गर्दै केन्द्रीय सदस्यहरू खुलेर भण्डारीको पक्षमा उभिएका छन्।

बुधवारदेखि सुरु भएको यो बहस बिहीबार झन् तीव्र बनेको थियो । केन्द्रीय सदस्य रचना खड्का, गणेश पहाडी, नारायण सिलवाल, झपट रावल, ममता गिरी, प्रभा बराल, परशुराम अधिकारी, कृष्ण थापालगायतले भण्डारीलाई “सङ्कटका बेला पार्टीको सशक्त ऊर्जा”का रूपमा सक्रिय गराउनुपर्ने तर्क राखे । खड्काले भनिन,

फौजदारी अभियोगबाहेक कुनै पनि कारणले पार्टी सदस्यता रोक्नु राम्रो नजिर होइन। पूर्व उपाध्यक्ष विद्या भण्डारीको सदस्यता नवीकरण खुला गर्नुपर्छ।
चर्को विरोधका बिच ओलीले भने महाधिवेशनको प्रस्ताव अघि सारेका छन् ।

उनले मङ्सिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन प्रस्ताव गरेका छन् । ओलीले जति दबाब आए पनि नेतृत्व नदिने अडान यस अघि नै राखी सकेका छन् । अध्यक्ष हटाउने कि निरन्तरता दिने कुरा महाधिवेशनले नै छिनोफानो गर्छ भन्दै ओलीले फेसबुकमा लेखे भनेर राजीनामा दिइँदैन सम्म भन्न भ्याइ सकेका छन् ।

तर, पार्टीभित्र ओलीकै समूहबाट चुनाव जितेका सदस्यहरूले समेत उनलाई “अब अभिभावक भएर बस्न” सुझाउन दिई रहेका छन् । जेन–जी आन्दोलनले एमालेलाई सबैभन्दा ठुलो क्षति भएको उनीहरूको भनाइ छ । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले एमाले नेतृत्वको सरकारमाथि विनाशकारी प्रहार गर्‍यो।

पार्टीका अनुसार ६९ जिल्लामा कार्यालयहरू ध्वस्त भए, सातै प्रदेशका मुख्य कार्यालयहरू जलेर खरानी बने। करिब ३ अर्बभन्दा बढीको भौतिक क्षति भएको अनुमान छ।

राजधानीदेखि झापासम्म एमाले नेताका घर, सम्पत्ति, प्रतिष्ठानहरूमा आक्रमण भयो। पार्टीका कार्यकर्ताहरू भूमिगत हुन बाध्य भए। राज्य संयन्त्र निष्क्रिय हुँदा प्रधानमन्त्री ओलीले सेनाको सहायतामा भाग्नुपरेको अवस्था आएको थियो।

जेन–जी आन्दोलनले नेपालको राजनीतिक दलहरूमाथि गहिरो असन्तुष्टि प्रकट गर्‍यो। विशेष गरी युवा पुस्ताले भ्रष्टाचार, नातावाद, ढोंगीपन र असमान अवसरका विरुद्ध आवाज उठाएका थिए।

एमालेले युवालाई जिम्मेवारी दिए पनि व्यवहारमा उनीहरूलाई निर्णायक भूमिकामा ल्याउन नसकेको आलोचना बैठकमा पनि उठ्यो। देशभित्रका समस्या देशी–विदेशी प्रपञ्च भनेर टार्ने होइन, नेतृत्वदेखि रूपान्तरणको आवश्यकता हो भन्ने तर्क सबैको छ।

बैठकमा धेरै नेताहरूले पार्टीमा फैलिएको भ्रष्टाचार, गुटबन्दी र व्यक्ति–पूजालाई अन्त्य गर्नुपर्ने धारणा राखे थिए । नेतृत्व र पार्टी पुनर्गठनको खाँचोमा सबै एक मत देखिएका थिए । अब सामूहिक नेतृत्वमा विश्वास गर्नुपर्छ भन्ने धारणा राख्नेको सङ्ख्या धेरै थियो ।

पाँच पुस्ताको नेतृत्व एउटै पुस्ताले गर्नु न्यायसङ्गत छैन। अध्यक्ष अभिभावक भएर बस्नुभयो भने पार्टी र आन्दोलन दुवैलाई नयाँ जीवन दिनु पर्ने माग केन्द्रीय सदस्यहरूले गरेका थिए । जेन–जी आन्दोलनले एमालेको राजनीतिक र नैतिक आधार हल्लाएको छ।

यस आन्दोलनले पार्टीलाई आत्ममूल्यांकन र पुनर्जागरणको अवसर पनि दिएको छ। यदि ओलीले समयको सङ्केत बुझेर राजीनामा गरी अभिभावकको भूमिकामा गए भने एमाले अझ सशक्त रूपमा उभिन सक्छ।  तर, अहङ्कार र सत्ता लिप्सामा अडिग रहे भने एमालेभित्र विद्रोह स्थायी रूप लिन सक्ने सङ्केत देखिन थालेको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top