×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026
Playing
Top 15 Afternoon News || Mar-03-2026 || Nepal Times
Mar 03, 2026
Playing
खोर्रमशहरः इरानी ब्यालिस्टिक मि सा इल बन्नसक्छ इजरेलमा प्रलय || Nepal Times
Mar 03, 2026
Playing
Iran मा ‘ठूलो कार बाही’, ११ इरानी जहाज डु बाएको दाबी, अमेरिकी असुर क्षित || Nepal Times
Mar 03, 2026
Playing
विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी खेलाडीलाई लाखौं जरिवाना || Nepal Times
Mar 03, 2026
Playing
अमेरिकी सेना इ रान जाने, लेबनानमा भीषण आक्र मणः १० हेडलाइनमा|| Nepal Times
Mar 03, 2026
Playing
आज लाग्दैछ दुर्लभ खण्डग्रास चन्द्रग्रहण,होली खेल्न वर्जित|| Nepal Times
Mar 03, 2026
Playing
रास्वपाको वाचापत्रको विज्ञहरुबाट चिरफार|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली काँग्रेसको घोषणा पत्रमा स्वास्थ्य, सामाजिक विकास र पूर्वाधार योजनाको चिरफार
Mar 02, 2026
Playing
नेपाल कम्युनिष्ट पार्टीको घोषणा पत्रमा विज्ञका प्रश्नैप्रश्न|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली कांग्रेसको चुनावी एजेण्डा विश्लेषणः के छ स्पष्ट, के रह्यो अधुरो ?|| Nepal Times
Mar 02, 2026
Playing
इरानले नेतन्याहुकै कार्यालयमा क्षे प्या स्त्र हान्यो! || Nepal Times
Mar 02, 2026
Playing
इन्टरसेप्टरहरु छल्दै इरानी मि सा इ लले टारगेटलाई हिट गरेपछि....|| Nepal Times
Mar 02, 2026
Playing
चुनावी सरगर्मीबिच खाडी संकटमा, १७ लाख नेपालीको सुरक्षा चिन्ता || Nepal Times
Mar 02, 2026

जेनजी परिवर्तनले नछोएको कांग्रेस, मैदानमा सबै बृद्ध

२६ मंसिर २०८२

२५ मंसिर , काठमाण्डौ ।

नेपाली काँग्रेसकी नेतृ देउवा पत्नी आरजु राणाको पार्टी भित्र जति विरोध हुन्छ त्यो भन्दा बढी बाहिर विरोध हुने गर्छ । सामाजिक सञ्जालमा सबै भन्दा बढी आलोचित आरजु राणा जेनजी आन्दोलनद्वारा लखेटिएको ओली सरकारमा परराष्ट्र मन्त्री थिइन ।

भदौ २४ गते बहालवाला परराष्ट्र मन्त्री भएकै बेला आफ्नै निवास बुढानीलकण्ठमा काँग्रेस सभापति शेरबहादुर देउवा सँगै राणाले पनि मरणासन्न हुने गरी कुटाइ खाइन । काँग्रेसको यति लामो इतिहासमा बहालवाला पार्टी सभापतिले घरमा नै जनताबाट कुटाए खाएको र घर जलाएको पहिलो घटना थियो ।

जेनजी आन्दोलनको आगोले देउवाको घरमा मात्र जलेन त्यहाँ ठूलो परिणाममा पैसा लुटियो र जल्न पुग्यो । काँग्रेस सभापति देउवामाथिको आक्रमण आलोचनाको प्रमुख कारण उनकी श्रीमती आरजु राणा हुन भन्नेहरूको जमात ठुलो छ ।

२०७९ सालाको आम निर्वाचनमा देउवाले आरजुलाई समानुपातिकमा पहिलो नम्बरमा सिफारिस गरेकै कारण काँग्रेसको देशभरबाट मत घटेको काँग्रेसकै नेताहरूले भन्दै आएका छन् । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन घोषणा गरी सकेकी छिन् ।

जेनजी आन्दोलनपछि पुराना दलहरूमा आमूल परिवर्तन आउने आशा सबैमा थियो । तर दलहरूको नेतृत्व तिनै हिजो आलोचित भएका नेताहरूले नै गरी रहेका छन् । फागुन २१ गते हुने भनिएको निर्वाचन हुने न हुनेमा शङ्का उपशङ्काहरू चली रहेका छन् ।

तर महाधिवेशन कहिले गर्ने भन्ने आन्तरिक विवादमा फसेको नेपाली काँग्रेसले पुस अन्तिम साता १५ औँ महाधिवेशन गर्ने निर्णय गरे सँगै यति बेला काँग्रेसका जिल्ला समितिहरू फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी सिफारिस गरी रहेका छन् ।

विगतका निर्वाचनका बेला अन्तिम समयमा मात्र नाम सिफारिस गर्ने काँग्रेस यस पटक पहिलो जिल्ला तहबाट नाम सिफारिस गर्ने पहिलो पार्टी बनेको छ । यदि काँग्रेसले केही दिन अघि गरेको निर्णय अनुसार पुस अन्तिम साता १५ औँ महाधिवेशन भयो भने पनि समानुपातिक तर्फको उम्मेदवारको सुची पार्टी सभापति शेरबहादुर देउवाले बुझाउने छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार पुस १८ र १९ गते समानुपातिक तर्फको बन्द सुची बुझाउने दिन तोकिएको छ । नेपाली काँग्रेसले आफ्नो १५ औँ महाधिवेशन पुस २६ गतेदेखि गर्ने निर्णय गरी सकेको छ ।

काँग्रेसले महाधिवेशन अघि नै प्रत्यक्ष तर्फका उम्मेदवारहरूको नाम पनि अन्तिम टुङ्गो देउवा सभापति भएकै बेला गर्नका लागि जिल्लाबाट हतार हतार अगाडी नै सिफारिस गरेको हुन सक्छ । तर अहिले जिल्ला बाट जसरी जुन नेताहरूको नाम सिफारिस भई रहेको छ ।

यसले जेनजी आन्दोलनले काँग्रेस पार्टी भित्र खासै प्रभाव पारेको देखिन् । काँग्रेस फेरी अधिकांश पुरानै उम्मेदवारका साथमा चुनावी मैदानमा उत्रने देखिन्छ । जेनजी आन्दोलनले पटक पटक नेतृत्वमा पुगेका पुराना नेताहरूको विकल्प खोजेको प्रस्ट छ ।

तर प्रमुख राजनीतिक दलहरू यो कुरालाई आत्मा साथ गर्न चाहँदैनन् । बषौंदेखि सत्तामा बसेर शक्तिको दुरुपयोग गरेका अधिकांश नेताहरू फेरी जनता सँग अनुमोदित हुनका लागि तयार भएका छन् ।

दुई दिनमा सत्तापल्ट गर्ने जेनजी आन्दोलन के का लागि भएको थियो ? किन भएको थियो ? र यसले के परिवर्तन चाहेको छ ? भन्ने हेक्का नगरी तिनै पुराना नेताहरू भरसक आफ्नो मात्र नाम जसरी पनि सिफारिस गराउने यदि त्यो नसके पहिलो नम्बरमा राख्न लगाइ रहेका छन् ।

मुलुकमा राजनीतिक पुस्तान्तरण र नयाँपनको बहस चलिरहँदा नेपाली काँग्रेसको उम्मेदवार छनोट प्रक्रियाले भने निराशाजनक सन्देश दिएको छ । डडेल्धुराबाट कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार बन्ने भएका छन् ।

नेपाली कांग्रेस डडेल्धुराको बिहीबार बसेको बैठकले उनको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो । डडेल्धुरा कांग्रेसका नेताहरूसँग यसअघि नै देउवाले अन्तिमपटक प्रतिनिधिसभा निर्वाचन लड्ने बताइसकेका थिए ।देउवा डडेल्धुराबाट आठौँपटक संघीय निर्वाचन लड्ने तयारीमा रहेका हुन् ।

यसअघि उनी २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा भएको निर्वाचनमा डडेल्धुराबाटै विजयी भएका थिए । २०४८ सालदेखि हालसम्म अपराजित रहेको देउवा मात्रै एक नेता हुन् ।

यस्तै कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा काँग्रेस नेता आरजु राणा सहित चार जनाको नाम क्षेत्रीय कमिटीले जिल्लामा सिफारिस गरेको छ । २०७४ को निर्वाचनमा यही क्षेत्रबाट राणा एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन् ।

काँग्रेस महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पुस्तान्तरणको र नेतृत्व हस्तान्तरणको पक्षमा पार्टीभित्र सशक्त ढङ्गले उठाए पनि काँग्रेसले व्यवहारमा भने देखाउन नसक्ने पक्का भएको छ ।

काँग्रेसका स्थानीय कमिटीहरूबाट पुनः बृद्ध नेता र पटक पटक सत्तामा पुगेकाहरूलाई नै प्रतिनिधि सभामा उम्मेदवार बनाउन सिफारिस हुन थालेपछि काँग्रेस भित्रको परिवर्तनको सम्भावना न्यून बन्दै गएको छ ।

सिफारिसमा पर्नेहरूमा अधिकांश पुरानै अनुहार छन् भने केही नयाँ छन् । पटक–पटक सांसद र मन्त्री भएकाहरू नै पुनः सांसदको उम्मेदवार बन्ने दौडमा देखिएका छन् । सुनसरीको क्षेत्र नम्बर ३ बाट गत निर्वाचनमा पराजित बनेका विजयकुमार गच्छदार यस पटक पुनः उम्मेदवार बन्ने लिस्टमा परेका छन् ।

यस्तै सुनसरीको क्षेत्र नम्बर २ बाट सिफारिस भएका काँग्रेस नेता सिताराम मेहता पनि वृद्ध नेता हुन् । उनी उमेरले ७३ वर्ष लागेका छन् । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा विजयी भएका उनी २०७४ सालमा पनि विजयी भएका थिए ।

२०७३ सालमा उनी यातायात राज्यमन्त्री पनि भए । यस्तै उदयपुरको क्षेत्र नम्बर १ बाट पुनः डाक्टर नारायण खड्का उम्मेदवारमा सिफारिस भएका छन् । त्यस्तै ६८ वर्षीय डाक्टर मिनेन्द्र रिजाल मोरङ क्षेत्र नम्बर २ बाट सिफारिस भएका छन् ।

पुस्तान्तरण र जेनजी आन्दोलनको भावनाको सम्मान गर्नुपर्छ भन्ने धारणा राख्दै आएका उनी पुनः सांसद बन्ने दाउमा छन् । यस्तै मोरङको क्षेत्र नम्बर १ बाटै उम्मेदवार सिफारिस भएका काँग्रेस मोरङका सभापति तथा पूर्व मन्त्री डिकबहादुर लिम्बू पनि पटक–पटक सांसद भएका व्यक्ति हुन् ।

मोरङको क्षेत्र नम्बर ४ मा पूर्व अर्थमन्त्री महेश आचार्य पुनः उम्मेदवार बन्ने दाउमा छन् । ७१ वर्षीय आचार्य यसअघि पटक–पटक सांसद बनेका छन् । उनी अर्थमन्त्रीका साथै वन तथा वातावरण मन्त्रीसमेत भइसकेका छन् ।

मोरङकै क्षेत्र नम्बर ६ बाट एकल उम्मेदवार सिफारिस भएका डाक्टर शेखर कोइरालाको उमेर ७६ वर्षको भयो । उनी मन्त्रीको स्वाद चाख्न नपाएका नेता भए पनि पटक–पटक सांसद बनिसकेका छन् ।

उता, झापाको क्षेत्र नम्बर ३ बाट भने काँग्रेस नेता कृष्णप्रसाद सिटौलाका छोरा श्याम सिटौलाको पनि नाम सिफारिस भएको छ । सिटौला हाल राष्ट्रिय सभाका सांसद छन् । आफ्नो क्षेत्रबाट आफ्नै छोरालाई टिकट दिलाउन उनी लागेको काँग्रेसकै नेताहरू बताउँछन् ।

यस्तै झापा–४ बाट जिल्ला सभापति देउमान थेबेको नाम सिफारिस भएको छ । थेबे यसअघि पनि पटक पटक निर्वाचन लडेर पराजित भएका व्यक्ति हुन् । पटक पटक चुनाव लडेर जितेका, लाभको पदमा पुगेकाहरू नै अहिले पनि अगाडि आएकोमा कतिपय काँग्रेसी कार्यकर्ताले असन्तुष्टि जनाएका छन् ।

‘जेनजी आन्दोलनले पुस्तान्तरणसँगै परिवारवादको पनि अन्त्य गर्नुपर्छ भन्ने भावना बोकेको थियो । नेपो बेबी, नेपो किड्स भन्ने विषय उठाएरै आन्दोलन भएको हो । कोशी प्रदेशमा मात्र हैन अन्य प्रदेशमापनि काँग्रेसका स्थानीय समितिहरूले पटक पटक निर्वाचन उठेका जितेका र हारेकाहरूलाई नै प्राथमिकतामा राखेर नाम सिफारिस गरेको छ ।

यसले काँग्रेस भित्र अहिले पनि पुराना बदनाम कमाएका नेतादेखि नेपो बेबी सम्मकै हालीमुहाली रहेको देखिन्छ । ठुला पार्टीहरूले आगामी निर्वाचनमा पनि पुराना अनुहार (टेस्टेड नेता) दोहो¥याए नतिजा भयानक हुन सक्ने चेतावनी राजनीतिक विश्लेषकहरूको छ ।

रास्वपा देखि हर्क साम्पाङ र कुलमान घिसिङका पार्टीमा धेरै नयाँ अनुहारका उम्मेदवार हुने भएकाले पुराना पार्टीका लागि यो निर्वाचन फलामको चिउरा हुने पक्का छ।
भ्रष्टाचारको आरोप लागेका पटक पटक चुनाव लडेका पुरानै अनुहारलाई लिएर काँग्रेस चुनावी मैदानमा उत्रँदा कस्तो परिणाम आउँला भन्ने अहिले नै आङ्कलन गर्न सकिन्छ ।

काँग्रेस भित्र देखिएका गुट, पार्टी सत्ताको दुरुपयोग देखि नेपो बेबी सम्मकै हालीमुहाली काँग्रेसमा छताछुल्ल भएको छ । एक त महाधिवेशन लगतै हुने निर्वाचन अर्को तर्फ पुरानै टेस्टेड अनुहार काँग्रेसका लागि घातक हुने कुरामा दुई मत देखिँदैन ।

कोशीमा मात्र हैन लुम्बिनी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रबाट भएका सिफारिसहरू हेर्दा काँग्रेसले फेरि पनि टेस्टेड र पटक पटक अवसर पाएका पुरानै अनुहारलाई अघि सार्ने सङ्केत देखिएको छ।

सिफारिसमा परेका अधिकांश नेताहरू गत निर्वाचनमा पराजित अनुहार छन् । राजनीतिक नैतिकताको प्रश्नलाई किनारा लगाउँदै काँग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई पनि उम्मेदवारका लागि सिफारिस गरेको छ।

रुपन्देही ३ को क्षेत्रीय कार्यसमितिले खाँणको नाम पहिलो नम्बरमा राखेर जिल्ला कार्यसमितिमा पठाएको हो। खाँण गत निर्वाचनमा राप्रपाका दिवङ्गत नेता दीपक बोहरासँग पराजित भएका थिए।

त्यस्तै, बर्दिया १ बाट लगातार तीन पटक सांसद भइसकेका सञ्जयकुमार गौतमसहित चार जनाको नाम सर्वसम्मत सिफारिस गरिएको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top