×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

७ पुष , काठमाण्डौ ।

जेन–जी आन्दोलनका अभियन्ता मिराज ढुंगाना नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

May be an image of crowd and text

आज बिहान काठमाडौंको माईतीघर मण्डलामा भेला भएका उनीहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरेका छन् ।

May be an image of one or more people, crowd and text

माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन–जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारेको छ ।

May be an image of one or more people, crowd and text

सो क्रममा मिराज, रवि किरण हमाल, निकोलस भुसालसहित दर्जन बढी युवालाई नियन्त्रणमा लिइएको छ ।

May be an image of one or more people

प्रर्दशनमा उत्रिएका जेनजीहरुले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका छन् ।

May be an image of one or more people, beard and text that says 'Shant B.SC.CSIT'

यसअघि पनि प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै माइतीघर पुगेका निकोलसलाई भने प्रहरीले नियन्त्रणमा लिएको थियो ।

May be an image of one or more people, street, crowd and text that says 'B.Sc.CSIT BCA DLA BBA Paul 01- 01-99702度7 NEPAL NEPALPOLICE POLICE'

उनी गाँजा खाएर आन्दोलनमा गएको समेत मेडिकल चेकजाँचमा पुष्टि भएपछि रिह्याव सेन्टरमा राख्ने सर्तमा प्रहरीले आफन्तको जिम्मा लगाएर छाडेको थियो । प्रर्दशनको अनुमति नरहेको भन्दै प्रहरीले सडक खाली गर्न पटक पटक माइकिङ गरेको थियो ।

May be an image of one or more people and crowd

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, सर्वपक्षीय सरकार गठनलगायतका माग राख्दै मिराज ढुंगाना, रविकिरण हमालसहितका जेन–जी ‘संयुक्त आन्दोलन’ भन्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका छन् ।

May be an image of one or more people, crowd and text

केही घाइते पनि त्यहाँ पुगेका छन् । तर, प्रशासनको अनुमतिबिना कार्यक्रम गरिएको भन्दै प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको छ । सोक्रममा प्रहरी र आन्दोलनकारीबीच धकेलाधकेलसमेत भएको छ ।

May be an image of one or more people, crowd and text

उनीहरुले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध नाराबाजी गरेका छन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेन–जी आन्दोलनको मर्म र युवा पुस्ताको भावनालाई आत्मसात गर्न नसकेको भन्दै उनीहरूले १० बुँदे मागसहित सडकमा प्रदर्शन गरेका छन् ।

May be an image of one or more people, crowd and text

प्रदर्शनसँगै माईतीघर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सुरक्षा व्यवस्था मजबुत पारिए पनि प्रदर्शनरत केही जेन–जीहरुलाई प्रहरीले पक्राउ गरेको छ । ढुंगानाले सरकारले आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दा खारेज गर्नुपर्ने, भ्रष्टाचार निर्मूल आयोग गठन गर्नुपर्ने र सर्वपक्षीय सरकार गठन गर्नुपर्ने लगायत माग अघि सार्दै आईतवार आन्दोलनको घोषणा गरेका थिए ।

May be an image of one or more people and text that says 'B.SC.CSIT SIT 4-:'

जेन–जी समूहले जेन–जी आन्दोलनलाई ‘धोका’ दिइएको भन्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ । यसअघि पनि ढुंगाना नेतृत्वको समूहले सिंहदरबारअगाडि प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको थियो । सरकारले भने प्रदर्शनलाई शान्तिपूर्ण राख्न सुरक्षा सतर्कता अपनाएको जनाएको छ ।

May be an image of one or more people, crowd and text that says 'TEER ERSIYA NEPAL idass NEPALPOLICE NEPAL POLICE'

गरिखान देउ, जेनजी मुभमेन्ट नेपाल, जेनजी नेसनल फ्रन्ट, जेनजी स्पार्क, एन–टेक जेनजी, जेनजी पार्लियामेन्ट, जीबीबी समूह, जेवाईएन समूह, जेनजी युनाइटेड, स्वतन्त्र जेनजी नेपाल, डिजिटल टास्कफोर्स जेनजी समूहले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका छन् ।

May be an image of ‎one or more people, crowd and ‎text that says '‎दुख पायौं हामी साराले ETa ตกพีย 뜨노스하라의 जनजीको नयासपति মাশে ل जेनजीको नाममा चुरिफुरी पणीला सरकार कुशिकुर जीयो‎'‎‎

त्यस्तै, प्रधानमन्त्रीको राजीनामा माग्नेमा अल–नेसन जेनजी, जेनजी एकता मञ्च, समता जेनजी पनि छन् । विभिन्न ३० भन्दा बढी जेनजी समूहको संयोजकमा मिराज ढुंगाना तोकिएका छन् । ढुंगाना गरिखान देउ अभियानका संयोजक हुन् ।

May be an image of one or more people, crowd and text

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वलाई सत्ताच्यूत गराएको थियो । त्यतिबेला ७६ युवाले ज्यान गुमाएका थिए । त्यस्तै, प्रदर्शनकारीहरूले सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, प्रहरी कार्यालयदेखि व्यापारिक प्रतिष्ठानसमेत खरानी बनाएका थिए ।

May be an image of one or more people, crowd and text

त्यसपछि नेतृत्वविहीन बनेको देशले भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार पाएको थियो ।

 

तर अहिले आफैँले बनाएको सरकारले जेनजीका माग मुद्दाहरू ‘अपहरण’ गरेको भन्दै विभिन्न जेनजी समूहहरूले आन्दोलनको घोषणा गरेका छन् ।

May be an image of one or more people, crowd and text

उनीहरुले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारको १०० दिनको कामले नै असफल भएको निष्कर्ष निकालेका छन् ।

May be an image of one or more people, crowd and text that says 'mes'

संविधान पुनर्लेखन गर्नुपर्ने, आफ्ना मागहरू राखेकै भरमा धरपकट र पक्राउ गरी विभिन्न बहानामा चलाइएको मुद्दा खारेज गरी पक्राउ परेकाहरूलाई तत्काल रिहाइ गर्नुपर्ने माग जेनजीले उठाएका छन् ।

May be an image of one or more people, crowd and text that says 'PRES PRES'

त्यस्तै, जेनजी जनआन्दोलनमा भएको मानवअधिकार उल्लंघन, घातक दमन र निहत्था युवाहरूको हत्यामा संलग्नमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने, जेनजी जनआन्दोलनका घाइतेहरूको उचित उपचार, क्षतिपूर्ति, भरणपोषण गर्ने माग छन् ।

May be an image of one or more people, crowd and text that says 'चहिला मास'

हालसम्मका सबै तह र निकायमा भएका भ्रष्टाचारको स्वतन्त्र र निष्पक्ष छानबिनको लागि शक्तिशाली भ्रष्टाचार निर्मुल आयोग गठन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने, न्यायलयको विश्वसनियतालाई मजबुद बनाउन सबै न्यायलयका फैसलाहरूको प्रत्यक्ष प्रसारण हुने व्यवस्था गर्ने मागहरू यी जेनजी समूहका छन् ।

May be an image of one or more people and text that says 'lepal VTP NIDEBUA NEPAL POLICE'

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top