×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जेलमै परिवारजनलाई भेट्न नवाजलाई अनुमति

९ भाद्र २०७५

पाकिस्तान, भदौ ८
पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज सरिफलाई जेल भित्रै परिवारजनलाई भेट्न विषेश अनुमति दिइएको छ । रावलपिण्डीमा रहेको अदैला जेलमा शुक्रबार उनलाई भेट्न परिवारजनलाई अनुमति दिइएको अधिकारीहरुले जनाएका छन् । एउटै जेलमा रहेकी उनकी छोरी मार्याम नवाजलाई पनि जेलमै गएर परिवारजनले भेट्न पाउने व्यवस्था भएको समाचारमा जनाइएको छ ।

यसअघि गत बुधबार पुर्वप्रधानमन्त्री सरिफका भाइ तथा पाकिस्तान मुस्लिम लिग (नवाज) का अध्यक्ष शेहबाज शरीफ र उनको परिवारका सदस्यहरूले बाबु छोरीलाई नै अदैला जेलमा भेटेको श्रोतले जनाएको छ । गत जुलाई ६ मा नवाज र मार्यामलाई अदालतको आदेशमा जेल चलान गरिएको छ ।

पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बन्नुभएका शरीफलाई १० बर्ष जेल सजाय तोकिएको छ भने ८० लाख पाउण्ड स्ट्रर्लिङ जरिवाना तिर्न आदेश दिइएको थियो । त्यसैगरी उनकी छोरी मार्यामलाई आठ बर्ष जेल सजाय र २० लाख पाउन्ड स्ट्रर्लिङ जरिवाना तोकिएको थियो ।
रासस/एएनआई

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top