Nepal Times
Nepal Times
3
Shares

जोन्सन एण्ड जोन्सनको कोरोना खोपले अमेरिकामा पायो स्वीकृति

जोन्सन एण्ड जोन्सनको कोरोना खोपले अमेरिकामा पायो स्वीकृति

१६ फागुन, एजेन्सी । अमेरिकाको औषधि नियामक संस्था एफडीएले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई स्वीकृति दिएको छ ।

जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भ्याक्सिनलाई स्वीकृति दिने अमेरिका विश्वकै पहिलो देश बनेको छ ।

अमेरिकामा फाइजर र मोर्डनको खोपपछि तेस्रो भ्याक्सिनको रुपमा जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको भ्याक्सिनले स्वीकृति पाएको हो । यो खोप एकपटक मात्रै लगाए हुने र जुनसुकै रेफ्रिजेरेटरमा भण्डारण गरेर राख्न सकिनेछ ।

फाइजर र मोर्डनको भ्याक्सिनलाई भने डिफ्रिजको आवश्यकता पर्छ । अरु खोपभन्दा जोन्सन एण्ड जोन्सनको कोरोना भ्याक्सिन सस्तो रहेको भनिएको छ तर अहिलेसम्म कोरोना खोपको मूल्यबारे भने जानकारी गराइएको छैन । अमेरिकाले यो खोपको १० करोड डोज खरिद गर्ने जनाएको छ ।

बेलायतलगायत देशहरुले पनि यो खोप किन्नका लागि प्रक्रिया सुरु गरिसकेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.