×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जोशी फर्किएपछि सर्वोच्चमा सकस

२७ भाद्र २०७५

वरिष्ठ न्यायाधीश दीपकराज जोशी बिदाबाट फर्केपछि सर्वोच्च अदालतमा जटिलता देखिएको छ ।संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा अनुमोदन नभएपछि बिदा बसेका जोशी नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको पदवहालीसँग सर्वोच्च फर्केका हुन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रधानन्यायाधीश मिश्रले मंगलबार जोशीलाई पेशी नतोकेपछि उनको आगमन थप जिज्ञासाको विषय बनेको छ ।अरु सबै न्यायाधीशलाई भने मुद्दा सुनुवाइका लागि पेशी तोकिएको थियो।तत्कालीन कामु प्रधानन्यायाधीश जोशी संसदीय समितिबाट अनुमोदन नभएपछि उनले राजीनामा गर्ने अनुमान गरिएको थियो । तर जोशी लामो घरबिदा बसेर सोमबार सर्वोच्च फर्केका हुन् ।

मंगलबार कार्यालय पुगे पनि न्यायसम्पादनको जिम्मेवारी नतोकिएपछि जोशी हाजिरी पुस्तिकामा हस्ताक्षर गरेर बेलुका यत्तिकै घर फर्किए । सोमबार भने जोशीले आफू मुद्दा सुनुवाइमा सहभागी हुने भनाइ राखेका थिए ।

प्रधानन्यायाधीश मिश्र जोशीको विषयमा ‘पर्ख र हेर’को अवस्थामा छन् । सर्वोच्चका एक न्यायाधीशका अनुसार सर्वोच्चकै कतिपय न्यायाधीशबाट जोशीबारे ‘पुनर्विचार गर्न’ सुझाव दिइएको छ । मर्यादाक्रममा माथि रहेका केही न्यायाधीशले जोशीलाई ‘वरिष्ठ’ को हैसियतमा इजलासको जिम्मेवारी दिँदा बाहिर जाने सन्देशको ख्याल राख्न प्रधानन्यायाधीश मिश्रलाई सुझाएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top