×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ज्ञानेन्द्रलाई भारतमा महाराजाधिराजकै हैसियत!

२८ बैशाख २०८०

२८ वैशाख, एजेन्सी ।
पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवारसहित भारत भ्रमणमा छन् । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको निमन्त्रणमा पूर्वराजपरिवार भारत गएको बुझिएको छ । स्रोतका अनुसार आदित्यनाथले ‘श्री ५ महाराजाधिराज’ कै हैसियतमा ‘राजकीय भ्रमण’ का लागि शाह र उनको परिवारलाई निम्तो गरेका थिए ।

त्यसै अनुरूप पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी, पूर्वमुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह र पूर्वअधिराजकुमारी प्रेरणा गत २२ गते भारत गएका हुन् । पूर्वयुवराज पारस भने भ्रमण टोलीमा छैनन् । पूर्वराजाका स्वकीय सचिव फणिराज पाठकले उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले पूर्वराजपरिवारसँग हिजो अपरान्ह दर्शनभेट गरेको जानकारी दिए ।

उत्तर प्रदेशको लखनउमा सौहार्दपूर्ण वातावरणमा भेटवार्ता भएको उनले बताएका छन् । कुराकानीको विषयवस्तुबारे भने पाठकले अनभिज्ञता प्रकट गरे । पूर्वराजसंस्थानिकट स्रोतले भने यो भ्रमण राजनीतिक भएको बताएको छ । नेपालमा राजसंस्था पुनःस्थापनाका निम्ति राजावादी शक्तिहरू जुर्मुराउन खोजिरहँदा पूर्वराजा स्वयम् पनि अन्तर्राष्ट्रिय समर्थन जुटाउने कसरतमा छन् ।

दुई महिनामा पूर्वराजाको यो दोस्रो भारत भ्रमण हो । यसअघि उनी गत फागुनमा पत्नी कोमलसहित भारत भ्रमणमा गएका थिए । पूर्वराजापरिवारको भ्रमण कति दिनको हो भन्ने जानकारी दिइएको छैन । आगामी जेठ ६ गते धनगढीमा हुने नागरिक अभिनन्दनमा पूर्वराजा उपस्थित हुनेछन् । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ कट्टर हिन्दुवादी नेता हुन् । उत्तर प्रदेशमा उनको मुख्यमन्त्रीको दोस्रो कार्यकाल हो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top