×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ज्ञानेन्द्र नालायक भन्दै देउवाले गरे राजतन्त्रको च्याप्टरक्लोज

९ चैत्र २०८१

११ चैत, काठमाण्डौ ।

नारायणहिटीमा पुनः फर्किएर बन्द बाकसमा रहेको श्रीपेच धारण गर्ने आफ्नो अभिलाषा पूरा गर्न जनताको साथ मागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चेतावनी दिएका छन् ।

पूर्वराजालाई राजगद्यीमा फर्किने दिवा सपना नदेख्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि सुझाव छ । नेसपा(नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पनि राजतन्त्र भूत भइसकेको लगायतका प्रतिक्रिया दिइनै रहेका छन् ।

माधव नेपाल, झलनाथ खनाल, विप्लव लगायतले पनि निरंकुश इतिहास नफर्किने दाबी गरिरहेका छन् । सभापति, महामन्त्रीसहितका केही काँग्रेसका नेताहरुले पनि पूर्वराजालाई चुनावी बाटोबाट सत्तामा आउन सुझाएकै छन् ।

यद्यपि, कम्युनिष्टहरुको जस्तो चेतावनी र आक्रामक शैलीमा काँग्रेसीका मुखबाट पूर्वराजाका लागि सुझावहरु त्यति सुनिएन । बरु शेखर कोइराला लगायतका केहीले त पूर्व होइन राजा नै भन्नु पर्ने धारणा राखे । र जनताले चाहे भने राजतन्त्र फर्किन सक्ने बयान पनि दिए ।

यद्यपि यो काँग्रेसको आधिकारिक धारणा भने होइन । काँग्रेसमा जति गुटहरु छन्, त्यति नै थरीका धारणा आउने गरेका छन् । तर यसबीच आज सभापति देउवाले भने पूर्वराजा ज्ञानेन्द्र शाहकाबारेमा अहिलेसम्मकै कडा टिप्पणी गरेका छन् ।

आज देउवाको बोली सुन्दा लाग्थ्यो, उनले २०६१ माघ १९ गतेको बदला लिए । सो बेला आफूलाई असक्षम प्रधानमन्त्री भन्ने ज्ञानेन्द्र शाहलाई देउवाले पनि आज राजा बन्न अयोग्य करार गरेका छन् ।

कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायक समेत नभएको बताएका हुन् । उनले भने, ‘संवैधानिक राजा हुन लायक पनि छैनन् ।

संवैधानिक राजा हुन पनि सक्दैनन् । राप्रपा पनि पछि पछुताउँछ । राप्रपाले बरु पार्टी सभापति बनाए हुन्छ । पार्टीमा लाग्यो भने राप्रपाले पनि दुःख पाउँछ ।’ उनले पूर्वराजा शाहलाई राजनीतिमा आउन लागेको भए पार्टी खोलेर आउन आह्वान गरे ।

तर, उक्त पार्टीका मान्छेहरूले दुःख पाउने देउवाको भनाइ छ । ‘राजनीति गर्नु छ भने पार्टी खोलेर गरे हुन्छ, त्यो पार्टीका पनि दुःख पाउँछन् विचराहरूले । राप्रपाले पनि दुख पाउँछ,’ देउवाले भने ।

ज्ञानेन्द्र जहाँ गयो त्यहिँ जनताले वा कार्यकर्ताहरुले दुख्ख पाउँने टिप्पणी देउवाले गरे । अर्थात ज्ञानेन्द्र शाह नारायणहिटीमा आए जनताले फेरि दुःख पाउँने उनको आशय थियो । देउवाले राजाका विरुद्धमा बोल्दा आफैंलाई जेल समेत हालिदिएको स्मण पनि गरे ।

त्यतिबेला अदालतका कारण आफू जेलबाट छुटेको देउवाको भनाइ थियो । ‘मैले यीनै कुरा गर्दागर्दै मलाई नै लगेर जेलमा हालिदियो । एउटा सक्षम अदालत छ, त्यो अदालतका कारणले म छुटेको हो । कुनै पनि हालतमा संवैधानिक राजा बन्ने छाँटकाँट छैन । बन्नेवाला पनि छैनन्,’ देउवाले भने ।

देउवाले पार्टीका नेता, कार्यकर्ताहरूलाई एकजुट हुन आग्रह पनि गरेका छन् । देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई आफूले राम्रोसँग चिनेको उल्लेख गरे । खासमा देउवालाई जीवनमै कसैले लगाउन नसकेको दाग तत्कालीन राजा ज्ञानेन्द्रले लगाइदिएका थिए ।

२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिने घोषणा गर्दै शाही घोषणा गरेका थिए । आफैँले नियुक्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम भन्दै ज्ञानेन्द्रले आफ्नो अध्यक्षतामा मन्त्रिपरिषद् गठनको घोषणा गरेका थिए ।

त्यसैको बदला लिदै देउवाले पनि अहिले ज्ञानेन्द्र शाहलाई राजा बन्न नालायक पात्र घोषणा गरेका हुन् । देउवाको यो भनाई यस्तो बेला आएको छ जतिबेला भर्खरै उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा दिल्लीबाट फर्किएकी छन् ।

उनलाई दिल्लीले राजतन्त्र वा हिन्दुराज्यको म्यान्डेड थमाएर पठाएको हुनसक्ने चर्चा पनि भएका छन् । यसबीच अहिलेको राजावादीहरुलाई भारतले उचालेको आरोप लागिरहेको छ । यो आरोप स्वयं सरकार संचालन गरिरहेको दल नेकपा एमालेले लगाएको छ ।

उसले पार्टी बैठकबाट नै यस्तो आरोप लगाएको हो । यसमा योगी आदित्यनाथको ब्यानरले आगोमा ध्यु थपेको हो । यद्यपि दिल्लीमा रहँदा यसबारे आरजुले आफ्ना समकक्षी एस जयशंकरलाई यसबारे सोध्दा भारतले त्यस्तो केही नगरेको जवाफ दिएको आरजुले सुनाएकी छन् ।

यद्यपि, डिप्लोमेसीमा भन्ने र गर्ने कुरा फरक हुने गरेका छन् । यस्तोमा राजा र हिन्दुराज्यका लागि काँग्रेसमा दिल्लीको दबाब बढेको चर्चा भइरहँदा आज स्वयं सभापति देउवाले नै यसको जवाफ दिएका छन् । जसलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

देउवाले ज्ञानेन्द्रलाई राजा हुनै अयोग्य भनेर हाललाई राजतन्त्र काँग्रेसको एजेण्डामा नरहेको स्पष्ट पारेका छन् । हिन्दु राज्याका बारेमा भने उनले केही बोलेका छैनन् । उनी हिन्दु राज्यका विषयमा छलफल गर्न सकिने पक्षमा छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top