×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ज्याक सुलिभान चीनमा,सुध्रेला चीन–अमेरिका सम्बन्ध ?

१४ भाद्र २०८१

१४ भदौ , विराटनगर।

विश्वमा दुई चिन्ताजनक, रुस–युक्रेन युद्ध र गाजापट्टीमा हमासलगायतका समूहहरुसंग इजरेलले सुरु गरेको युद्धले विश्वलाई नै विभाजित गरिरहेका बेला दुई महाशक्ति अमेरिका र चीन भने आफ्नो तनावपूर्ण सम्बन्धलाई सुधार्ने प्रयासमा जुटेका छन् । यही प्रयास अन्तर्गत अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभान चीन पुगेका छन् । उनले विहीबार चीनका राष्ट्रपति सि जिनपिंगसंग भेटवार्ता गरेका छन् ।

यसलाई दुई देशबीचको सम्बन्ध सुधारका निम्ती ठूलै कदम मानिएको छ । यद्यपी यसबीच के प्रश्न उठिरहेको छ भने, चीनले अमेरिकासंग मित्रताको हात त बढाएको छ तर ताइवान र दक्षिण चीन सागरका साथै ट्रेड विवादमा पनि दुई देशले अब कस्तो बाटो तय गर्लान् ? किनभने चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा मान्दछ, यता अमेरिका ताइवानलाई हतियारसहित अन्य सहयोगका लागि तम्तयार बसेको छ । उसले ताइवानको रक्षा गर्न कानून नै बनाएर बसेको छ ।

चीनले यसलाई लिएर अमेरिकालाई कयौं पटक चेतावनी पनि दिइसकेको छ । यता दक्षिण चीन सागरमा पनि टकराव कै स्थिति छ । साथै व्यापार सम्बन्धी मुद्दाहरुमा पनि दुवै महाशक्तिहरुको टकराव पहिलादेखिनै जगजाहेर छ । यसबीच चीनका राष्ट्रपति सि जिनपिंगले ज्याक सुलिभानसंगको भेटपछि विहीबार निकै महत्वपूर्ण बयान दिएका छन् । उनले भने ‘दुवै देशको अवस्थामा परिवर्तन आउनुका साथै अमेरिका–चीनबीच को सम्बन्धमा पनि व्यापक बदलाव आइसकेको छ ।

यसको बावजूद दुवै देशको द्विपक्षीय सम्बन्धलाई स्थायी र बलियो बनाउनका लागि बेजिंगको लक्ष्यमा कुनै बदलाव आएको छैन ।’ यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि चिनियाँ राष्ट्रपतिसँग आगामी केही हप्तामा वार्ता गर्न आतुर रहेको सुलिभानले उनलाई सुनाएका थिए । सन् २०१६ पछि चीन भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानले बेइजिङमा तीन दिनसम्म चलेको वार्तापछि सीसँग भेटवार्ता गरेका हुन् ।

अमेरिकी सहयोगी जापान, फिलिपिन्ससँग चीनको सुरक्षासम्बन्धी विवाद बढेका समय सुलिभानले बेइजिङको भ्रमण गरेका हुन् । बेइजिङको अलङ्कृत ‘ग्रेट हल अफ द पिपुल’मा बिहीबार सीसँगको भेटमा उनले भने, ’राष्ट्रपति बाइडेन आगामी हप्ताहरूमा तपाईंसँग फेरि संवाद गर्न उत्सुक हुनुहुन्छ ।’ उनले अगाडि भने, ’राष्ट्रपति बाइडेन साउथ चाइना सी क्षेत्रमा देखिएको समस्यालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न र यसका कारण प्रतिस्पर्धा द्वन्द्व वा मुठभेड नहोस् भन्नेमा प्रतिबद्ध हुनुहुन्छ ।

राष्ट्रपति बाइडेनले जहाँ आफूहरूको हित मिल्छ त्यहाँ मिलेर काम गर्न सकियोस् भन्नेमा दृढ हुनुहुन्छ ।’ चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चीन र अमेरिकाबीच वैचारिक भिन्नताका रहेपनि यसलाई वार्ता र छलफलका माध्यमबाट समाधान गर्दै अघि बढ्न सकिनेमा चीन विश्वस्त रहेको भेटमा चिनियाँ राष्ट्रपति सीले सुलिभानसँग बताएका छन् ।’

चीन–अमेरिका सम्बन्धको स्थिर, स्वस्थ र दिगो विकासको लक्ष्यप्रति चीनको प्रतिबद्धतामा कुनै परिवर्तन आएको छैन,’ भेटमा सीले भने । ’हामीलाई विश्वास छ अमेरिका र चीनले मिलेर अघि बढ्नेछन्,’ चिनियाँ राष्ट्रपति सीलाई उद्धृत गर्दै सुलिभानले भने । ज्याक सुलिभानले चीनका राष्ट्रपतिका साथै विदेश मन्त्री वांग यी र सेंट्रल मिलिट्री कमिशनका उपाध्यक्षसंग पनि भेटवार्ता गरेका छन् ।

बुधबार सुलिभान र उच्च कूटनीतिज्ञ वाङले आफ्ना नेताहरूले आगामी हप्ताहरूमा वार्ता गर्ने योजनाबारे छलफल गरेका थिए । भेटवार्ता पछि दुवै पक्षले भनेको छ कि उनीहरु सम्बन्धलाई थप बलियो बनाउने पक्षमा छन् । यद्यपी पछिल्लो समय विवादित सामुद्रिक क्षेत्रमा चीनको बढ्दो आक्रामक दृष्टिकोणलाई लिएर उनीहरूबीच तनाव बढेको देखिन्छ ।

सन २०१८ पछि चीन र अमेरिकाबीचको सम्बन्ध थप तितो भएको छ । रणनीतिक र रक्षाका साथै व्यापारका मुद्याहरुमा पनि दुवै देशहरु टकरावको स्थितिमा छन् । सुरक्षासंग जोडिएका विषयबाहेक अटोमोबिल र सोलर प्यानल उत्पादनलाई लिएर पनि गहिरो मतभेद रहेको छ। वाशिंगटन र बेजिंगबीच तनावको मुख्य कारण चाहीँ ताइवान र दक्षिण चीन सागरकै विषय हो ।

ताइवानपछि दक्षिण चीन सागरको मुद्याहरुमा बेजिंगको अन्य कयौं देशहरुसंग पनि गहिरो मतभेद छ । चीन साउथ चाइना सीको अधिकांश क्षेत्रमा आफ्नो अधिकार दाबी गर्छ । यस क्षेत्रमा फिलीपीन्ससंग चीन टकरावको स्थितिमा पुगिसकेको छ । यो विवादमा अमेरिका पनि सामेल भएको छ । वाशिंगटन साउथ चाइना सीलाई अंतर्राष्ट्रिय व्यापारका लागि स्वतन्त्र क्षेत्र मान्दछ ।

साथै अन्य देशहरुको दाबीलाई पनि समर्थन गर्दछ । चीनलाई भने अमेरिकाको यो रुप मन परेको छैन । चीन यस क्षेत्रमा कुनै पनि अन्य देशको हस्तक्षेपलाई स्वीकार गर्दैन । यस्ता धेरै विवादीत विषयहरु त छदैछन्, साथै इलेक्ट्रिक भेहिकल (इभी)लाई लिएर पनि दुवै देशहरुबीच विवाद गहिरो बन्दै गएको छ । यस्तोमा अब अमेरिका र चीनले आफ्नो सम्बन्धलाई कसरी अगाडी बढाउँलान् भन्ने गम्भीर प्रश्न छ ।

यसबारे आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top