×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ज्यान मुद्दाका दोषीलाई माफी दिँदा पीडितको स्वीकृत अनिवार्य

२२ जेष्ठ २०८१

२२ जेठ, एजेन्सी ।

सरकारले राजनीतिक दबाब प्रभावमा परेर गम्भीर खालका ज्यान मुद्दा लागेका कसुरदारहरुलाई मनलागी सजाय माफी दिँदा चर्काे आलोचना हुदै आएको अवस्थामा अब ज्यान सम्बन्धी कसुरका दोषीलाई सजाय मिनाहा दिँदा पीडितको मञ्जुरी अनिवार्य हुने भएको छ ।

सरकारले सोमबार नेपाल राजपत्रमा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ लाई संशोधन गर्दै ज्यान मुद्दाका कसुरमा दोषी ठहर भए सजाय भोगिरहेका व्यक्तिलाई माफी मिनाहा दिँदा पीडित परिवारको अस्वीकृत अनिवार्य बनाएको हो । उक्त नियमावलीको ५ मा संशोधन गर्दा अब दोषीले सजाय माफीका लागि सम्बन्धी कारागार प्रमुख समक्ष निवेदन दिँदा पीडित परिवारको मञ्जुरी पनि पेश गर्नुपर्नेछ ।

मञ्जुरी पीडित आफैँ वा उसको पति, पत्नी, बाबु, आमा, छोरा, छोरी, बाजे वा बज्यैसँग लिनुपर्नेछ । सजायमाफीका लागि चाहिने कागजातको सूची थप गर्दै नियमावलीमा भनिएको छ, ‘ज्यान सम्बन्धी कसुरको हकमा पीडित आफैं वा निजको पति, पत्नी, बाबु, आमा, छोरा, छोरी, बाजे वा बज्यैले अनुसूची–२क बमोजिमको ढाँचामा दिएको सहमति पत्र।’

त्यस्तै कसुरदारले निवेदका साथ क्षतिपूर्ति वा बिगो बुझाउनुपर्ने भए त्यो बुझाएको प्रमाण पनि सजायमाफीका लागि निवेदन दिँदा पेश गर्नुपर्नेछ । साथै कैद छुट पाएपछि फेरि आपराधिक क्रियाकलाप नगर्ने प्रतिबद्धता वा स्वघोषणा पनि गर्नुपर्ने व्यवस्था संशोधित नियमावलीले गरेको छ ।

फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ ले केही निश्चित किसिमका अपराध गरेका कसुरदार बाहेकले ५० प्रतिशत सजाय भुत्तान गरेपछि सजाय माफीका लागि निवेदन दिन सक्ने व्यवस्था गरेको छ । उक्त ऐनको दफा ३७ ले ११ किसिमका अपराध गरेका व्यक्तिले भने सजाय माफी पाउँदैनन् ।

जसमा जन्म कैदको सजाय पाएको, तेजाब वा अन्य ज्वलनशील पदार्थ वा अन्य घातक रासायनिक पदार्थ प्रयोग गरी ज्यान मारेको, अङ्गभङ्ग गरेको वा शारीरिक क्षति पुर्याएको कसूरमा सजाय पाएको, जबरजस्ती करणी सम्बन्धी कसूरमा सजाय पाएको, भ्रष्टाचार सम्बन्धी कसूरमा सजाय पाएको, मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा सजाय पाएको, अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा सजाय पाएको, लागू औषधको ओसारपसार तथा कारोबार सम्बन्धी कसुरमा सजाय पाएको, सङ्गठित अपराध सम्बन्धी कसूरमा सजाय पाएको, सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा सजाय पाएको, यातना वा कुर, निर्मम, अमानवीय वा अपमानजनक व्यवहार सम्बन्धी कसूरमा सजाय पाएको, मानवता विरुद्धको अपराध सम्बन्धी कसूरमा सजाय पाएकाले यस्तो माफी पाउँदैनन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top