×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

झालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

जनकपुरधाम, माघ १६
प्रथम गणतन्त्रवादी शहीद दुर्गानन्द झालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरिएको छ । शहीद झाको ५५ आँैं बलिदान दिवसका अवसरमा दुर्गानन्द झा स्मारक निर्माण समितिद्वारा सोमबार यहाँ आयोजित समारोहका वक्ताले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल र दशरथ चन्दजस्तै दुर्गानन्दलाई सम्मान दिनुपर्ने धारणा राखे ।

विसं १९९९ वैशाख १४ गते धनुषाको जटही गाउँमा जन्मेका झाले विसं २०१८ माघ ९ गते राजा महेन्द्रमाथि बम प्रहार गरेकामा विसं २०२० माघ १५ गते फाँसी दिइएको थियो ।

समारोहमा वरिष्ठ अधिवक्ता युगलकिशोर लालले झाको बलिदानी गुलामीविरूद्ध भएको बताउनुभयो । प्रा हरेकृष्ण साहले झालाई प्रथम गणतान्त्रिक शहीद घोषणा नगरी शासक वर्गले द्वैध चरित्र प्रदर्शन गरिरहेको आरोप लगाउनुभयो । साहित्यकार रामस्वार्थ ठाकुरले सबै मिलेर शहीद झाको स्मारक निर्माण गर्नुपर्छ भने ।

गणतन्त्रको घोषणापछि विसं २०६५ असार ९ गते बौद्धिक समाजको सक्रियतामा भएको भेलाले वरिष्ठ पत्रकार राजेश्वर नेपालीको अध्यक्षतामा दुर्गानन्द झा स्मारक निर्माण समिति गठन गरिएको र समितिको मागअनुसार स्मारक निर्माण गर्न गुठी कार्यालयबाट जानकी मन्दिरको अगाडिको उद्यानमा जग्गा उपलब्ध गराइएपछि झाकी धर्मपत्नी काशीदेवीद्वारा साउन २१ गते शिलान्यास भएको थियो ।

शिलान्यासपछि २०६७ चैत ८ गते जनकपुर पुनरावेदन अदालतद्वारा सो स्थलमा स्मारक निर्माणमा रोक लगाइएका कारण निर्माण स्थगनमा रहेको छ । निर्माण समितिका अध्यक्ष नेपालीले स्मारक निर्माणमाथि लगाइएको रोक हालै खारेज भएको जानकारी दिँदै अब सबैको सद्भाव रहेमा झाको जन्मजयन्तीसम्ममा स्मारक निर्माण गर्न सकिने बताए ।

समारोहमा रामरत्न यादव, तोयाराज घिमिरे, इन्द्र कुमार, उपेन्द्रभगत नागवंशी, श्रीनारायण साह, प्रेमविदेह ललन, अवधकिशोरप्रसाद र भोगेन्द्रलाल कर्णले झाको सपना र संघर्षबारे प्रकाश पारेका थिए ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top