Nepal Times
Nepal Times
3
Shares

झुन्डिएकै कारण पुडासैनीको मृत्यु – पोस्टमार्टम रिपोर्ट

झुन्डिएकै कारण पुडासैनीको मृत्यु – पोस्टमार्टम रिपोर्ट

३ भदौ, चितवन ।
पत्रकार शालिकराम पुडासैनीको झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ । पोस्टमार्टम रिपोर्टमा पुडासैनीले आत्महत्या गरेको उल्लेख रहेको संकेत जिल्ला प्रहरी कार्यालयका चितवनका प्रमुख एसपी दानबहादुर मल्लको छ ।

‘पोस्टमार्टम रिपोर्ट आएको छ, उनले भनेका छन् रिपोर्टमा हामीले पहिले जे आशंका गरेका थियौँ, त्यही नै भएको उल्लेख छ,’ । पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा भएको आवाज उनकै भएको फरेन्सिक ल्याब परीक्षणबाट पुष्टि भएको छ । उनको मोबाइलमा विभिन्न पाँचवटा लामा र छोटा भिडियो क्लिप रहेको स्रोतले जनाएको छ । फरक–फरक भिडियो क्लिपमा भएकै कारणले पुडासैनीको आवाज फरक सुनिनुका साथै हाउभाउ पनि फरक देखिएको तथा एक अवस्थामा सिरानी रहेको र अर्को अवस्थामा सिरानी नरहेकोजस्तो फरक दृश्य देखिएको अनुसन्धानले देखाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.