×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

झोलुंगे पुल बन्दा बाजागाजासहित खुशीयाली

ओखलढुंगा, पुस २२
आधुनिकताले जतिसुकै फड्को मारे पनि यहाँका बासिन्दा झोलुंगे पुल निर्माण हुँदा बाजागासहित खुशी मनाउँछन् । मध्यपहाडी लोकमार्गस्थित सिन्धुलीको खाङसाङबाट ओखलढुंगाको पलापु जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न भएपछि ७३ वर्षीया रत्नकुमारी सार्की हर्षित भएकी छन् । वर्षाैंदेखि सुनकोशी नदी पार गर्न डुंगाको सहारा लिनुपर्ने बाध्यता पुल निर्माणसँगै अन्त्य भएकोमा उनीलगायत स्थानीयवासी खुशी भएका हुन् ।

जीवनको छ दशक सुनकोशी नदीमा डुंगाबाटै आवतजावत गर्दा धेरै मानिसलाई बगाएको उनको स्मरणमा अझै ताजा छ । कुनै दिन आफू पनि डुंगाबाटै झरिएला भन्ने डरका बीच पुलबाट यात्रा गर्न पाउँदा खुशीको सीमा नाघेको ७० वर्षीया वृद्ध गोमलाल माझीले सुनाइन् ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) सस्पेन्सन वृज डिभिजनले निर्माण गरेको १९४ मिटर लम्बाइको पुल शुक्रबार संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले उद्घाटन गरे ।
कार्यक्रममा उपस्थित स्थानीयवासीले पुल निर्माण हुँदा दशकौँदेखिको सपना साकार भएको भन्दै खुशी व्यक्त गरे ।

कार्यक्रममा राज्यमन्त्री चौधरीले नदीमाथि मानिस ओहोरदोहोर गर्ने स्थानमा पुल निर्माण गर्ने मन्त्रालयको कार्यक्रम रहेको जानकारी गराए ।

“अहिलेको युगमा पनि खोला तर्न झोलुंगे पुलसमेत बन्न नसक्ने अवस्था रहनुहुन्न, यसैले चालु आवमा मन्त्रालयले ६०० झोलुंगे पुल बनाउने कार्यक्रम बनाएको छ”– उनले भने ।

वर्षाैंदेखिको यहाँका जनताको सपना बनेको पुल निर्माणलाई मूर्तरुप दिन समन्वयको भूमिका निर्वाह गर्नुभएका पूर्व सांसद एवं नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले प्रतिनिधिसभा निर्वाचनमा आफू पराजित भए पनि जिल्लाले विकास निर्माणमा नहार्ने प्रतिबद्धता जनाए ।

पुल निर्माणका लागि रु ८० लाख ५४ हजार ६४० लागत लागेको विभागको सस्पेन्सन बृज डिभिजनका वरिष्ठ डिभिजन इञ्जिनियर हुमाकान्त मिश्रले जानकारी दिए । विसं २०७३ असार १७ गते शुरु भएको पुल यसै वर्ष भदौ २० गते सम्पन्न भएको थियो ।

पुल निर्माणको अवधि पुस १६ गतेसम्म भए पनि निर्माण कम्पनी एमपी कन्स्ट्रक्सन कम्पनी प्रालि, नेपालगञ्जले चार महिना अघि नै सम्पन्न गरेर उदाहरणीय काम गरेको स्थानीय डिल्लीराम खनालले बताए ।

पुल निर्माणका लागि रु ९३ लाख ८७ हजार ५३० लाग्ने अनुमान गरिए पनि रु १३ लाख कम बजेटमै सम्पन्न भएको विभागका महानिर्देशक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top