×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

टंकिसिनुवारी खानेपानि उपभोक्ता तथा सरसफाई समितिको ९ औँ साधारणसभा सम्पन्न

किशोर विश्वकर्मा
विराटनगर, माघ २०
मोरङको बुढीगंगा गाउंपालिका स्थित टंकिसिनुवारी खानेपानि उपभोक्ता तथा सरसफाई समितिको साधारणसभा सम्पन्न भएको छ । बुढीगंगा गाउँपालिका– ३ स्थित सो संस्थाको ९ औँ साधारणसभा विभिन्न कार्यक्रम सहित सम्पन्न भएको हो ।

साधारणसभाको १ नं. प्रदेशसभाका सदस्य चुमनारायण तचबदारले गमलामा फुल रोपेर उद्घाटन गरे । सो अबसरमा बोल्दै प्रदेश सांसद तबदारले जलवायू परिवर्तनका कारण पिउने पानि संकटमा पर्न लागेको भन्दै पिउन योग्य पानिको उचित व्यवस्थापन गरिनुपर्ने बताए ।

उनले विश्वमा अब पिउने पानिका लागि युद्ध हुने बताउँदै पानिका श्रोतहरको उचित संरक्षणमा सवैले ध्यान पु¥याउनुपर्ने बताए । उनले पानि विनाको जिवन असम्भव रहेको बताउँदै जलवायू परिवर्तनले पानिका श्रोतमा पार्दै आएको असर न्यूनिकरणमा प्रदेश सरकारको ध्यान जान आग्रह गरे ।

कार्यक्रममा बुढिगंगा गाउँपालिकाका अध्यक्ष बालचन माझिले आगामी आर्थिक आर्थिक वर्षमा संघिय सरकारले खानेपानि विस्तारका लागि ५० करोड रुपैयाँ बजेट उपलब्ध गराउने र त्यसका लागि टंकिसिनुवारी खानेपानि उपभोक्ता तथा सरसफाई समितिले उपभोक्ता लगानी ५ करोड ढरौटी राख्नुपर्ने भएकाले गाउँपालिकाले साढे ३ करोड रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

उनले बुढीगंगा गाउँपालिकामा एउटा मात्र खानेपानि आयोजना रहेकाले सो आयोजनाका लागि गाउँपालिकाले वर्षेनी बजेट विनियोजन गरिने आश्वासन दिए ।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का १ नं. प्रदेश कमिटि सदस्य तथा बुढीगंगा गाउँपालिका स्थित मनमोहन पोटि टेक्निक इन्टीच्यूटका सुचना प्रमुख सत्यनारायण चौधरीले जलवायू परिवर्तनका कारण पानिका श्रोतहरु क्तमश सकिँदै गएकाले श्रोतहरु संरक्षणका लागि पहल थाल्नुपर्ने बताए । उनले नेपाल पानिको श्रोतका हिसावले विश्वमै धनी रहेकाले संसारको गिद्धे दृष्टि नेपाल माथि पर्न थालेको आरोप लगाए ।

कार्यक्रममा टंकिसिनुवारी खानेपानि उपभोक्ता तथा सरसफाई समितिका लागि योगदान दिनेहरुलाई सम्मानसमेत गरिएको छ । उत्कृष्ट कार्य गरेकोमा सो समितिका प्लम्वर विष्णु राजवंशी, सरस्वती आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मो. हसनुद्धिन, प्रध्यानाध्यापक खगेन्द्र काफ्ले, जग्गादाता बैजनाथ माझिलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद तबदार, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का १ नं. प्रदेश कमिटि सदस्य तथा बुढीगंगा गाउँपालिका स्थित मनमोहन पोटि टेक्निक इन्टीच्यूटका सुचना प्रमुख सत्यनारायण चौधरी, बुढीगंगा गाउँपालिका अध्यक्ष बालचन माझिलगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

साधारणसभामा संस्थाका कार्यबाहक अध्यक्ष नवराज विष्टले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र आन्तरिक लेखा परिक्षण संयोजक राजन केसीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो । सो संस्थाले हाल सम्म १ हजार ७ सय ७५ घरधुरिमा धारा जडान गरेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top