×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

टर्कीएले समर्थन जनाएपछि स्वीडेन नेटो सदस्य बन्दै

२७ असार २०८०

२७ असार, एजेन्सी ।
स्वीडेनलाई उत्तर एटलान्टिक सहयोग सङ्गठन (नेटो) को सदस्यता दिन टर्कीले समर्थन जनाएको छ । यसअघि टर्कीले समर्थन नदिएका कारण स्विडेन नेटोको सदस्य बन्न सकेको थिएन । नेटोमा आबद्ध ३१ देशलाई नेटोमा नयाँ सदस्य आबद्ध गराउने कि नगराउने भन्ने विषयमा ’भिटो’ प्रयोग गर्ने अधिकार छ ।

रुसले युक्रेनमा आक्रमण शुरु गरेको एक हप्तापछि फिनल्यान्ड र स्विडेनले नेटोमा आबद्धताका लागि निवेदन दिएका थिए । फिनल्यान्ड गएको अप्रिलमा नेटो सदस्य बनिसकेको छ । सशस्त्र समूह कुर्दिसलाई स्विडेनले प्रोत्साहन गरिरहेको आरोप लगाउँदै टर्कीले नेटोमा सामेल हुन रोकिरहेको थियो ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई नेटोमा सहभागी गराउन मिति नतोकिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । भिल्नियसमा जारी नेटो राष्ट्रका प्रमुखहरूको शिखर सम्मेलनमा युक्रेनलाई सदस्यता दिने समय निर्धारण नभएपछि जेलेन्स्कीले आक्रोश व्यक्त गरेको बीबीसीले जनाएको छ ।

उनी नेटो राष्ट्रका प्रमुखहरूलाई भेट्न मंगलबार एक्कासी भिल्नियस पुगेका थिए । नेटोले सन् २००८ मै युक्रेन निकट भविष्यमा आफ्नो सदस्य हुने बताएको थियो । तर अहिलेसम्म पनि उसलाई सदस्यता दिइएको छैन । युक्रेनले नेटोको सदस्यता लिएको खण्डमा आफूमा सुरक्षा चुनौती थपिने भन्दै रुसले सदस्यता नलिन चेतावनी दिएको थियो ।द्रुत प्रक्रियाबाट सदस्यता दिँदा रुसविरूद्ध घोषितरूपमै युद्ध गर्नुपर्ने बाध्यताका कारणले नेटोले युक्रेनलाई सदस्यता दिएको छैन ।

नेटो सन्धिअनुसार कुनै पनि सदस्य देशविरुद्ध आक्रमण भएमा सबै सदस्य देशले मिलेर त्यो देशको प्रतिरक्षा गर्नुपर्छ नेटोको निर्णयप्रति सामाजिक सञ्जालमा ट्वीट् गर्दै जेलेन्स्कीले सम्मेलनको कुनै अर्थ नभएको टिप्पणी गर्नुभएको छ । सम्मेलनले नेटोमा आवद्ध ११ राष्ट्रले युक्रेनी पाइलटहरुलाई आगामी अगष्टमा रोमानियामा लडाकु बिमान उडानको प्रशिक्षण दिने निर्णय गरेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top