×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026

७ कार्तिक, अंकारा ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकासहित पश्चिमा मुलुकका १० राजदूतलाई देश निकालाको तयारी गरेका छन् ।

राष्ट्रपति एर्दोगानले अमेरिका, क्यानडा, फ्रान्स, फिनल्यान्ड, डेनमार्क, जर्मनी, द नेदरल्यान्डस, न्युजिल्यान्ड, नर्वे र स्वीडेनका राजदूलाई पर्सन नन ग्रेटा घोषणा गरेका हुन् ।

यो एउटा कूटनीतिक शब्दावली हो जसअनुसार कुनै पनि देशको राष्ट्र वा सरकार प्रमुखले आफ्नो देशको कुनै राजदूतलाई पर्सन नन ग्रेटा घोषणा गरेपछि उ सम्बन्धित देशको दूतावासमा अयोग्य ठहर हुन्छ । पर्सना नन ग्राटाले व्यक्तिको कूटनीतिक दर्जा हटाउन सक्छ र उनीहरुलाई दिएको मान्यता फिर्ता हुन्छ ।

यसअघि टर्कीस्थित दश देशका राजदूतले एउटा संयुक्त विज्ञप्ति जारी गरेर टर्कीका ओसमान काभालाको तत्काल रिहाइको माग गरेका थिए । सरकारको बिरोध र कु प्रयास गरेको आरोपमा काभाला चार वर्षदेखि कारागारमा छन् । तर, उनीमाथि लागेका कुनै पनि आरोप प्रमाणित भएका छैनन् न त अदालतले नै उनलाई दोषी ठहर गरेको छ ।

काभालालाई रिहा गर्न मानवअधिकारसम्बन्धी युरोपेली अदालतको आदेश पालना गर्न युरोपको मानवअधिकार सम्बन्धी निकाय काउन्सिल अफ यूरोपले अन्तिम चेतावनी दिएको थियो ।

शनिवार एउटा समूहलाई सम्बोधन गर्दै एर्दोगानले कूटनीतिक हैसियत नभएका राजदूत विदेश मन्त्रालय पुगेर आदेश दिन नपाउने धारणा व्यक्त गरे । उनले भने, ‘विदेश मन्त्रालयलाई मैले आवश्यक निर्देशन दिइसकेको छु । १० राजदूतलाई प्रसना नन ग्रेटा घोषणा गरिएको छ । तपाईहरु तत्कालै देश छोड्न सक्नुहुन्छ ।’ –एजेन्सी

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top