९ मंसिर ,एजेन्सी ।
अमेरिकाको सिलिकन भ्यालीका अधिकांश विश्वभर संजाल रहेका ठूला प्राविधिक कम्पनीहरुले नयाँभर्ना अवरुद्ध गर्ने र भएका कर्मचारीसमेत कटौती गरिरहँदा सामाजिक संजालमा आक्रमक रुपमा अघि बढिरहेको टिकटकले भने नयाँ स्टाफ थप गर्ने योजना सार्वजनिक गरेको छ ।
छोटो छोटा भिडियो चलाउन मिल्ने एप टिकटकको माउन्टेन भ्यू, क्यालिफोर्निया स्थितअफिसले झण्डै एक हजार इन्जिनियरहरू भर्ती गर्ने योजना बनाएको सीएनएनले लेखेको छ । पछिल्लो समय वाशिंगटनमा टिकटकको मातृ कम्पनीको चीनसँगको सम्बन्धलाई लिएर वहस तथा छानबिन भइरहेको छ ।
यसै परिपेक्षामा अमेरिकी प्रयोगकर्ता डेटाको निरीक्षण अमेरिकामै रहेको टिमले गरिरहेको छ भन्ने प्रत्याभूत गर्न नयाँभर्ती गर्न लागिएको हो । टिकटकका सिइओ शोउ सी च्युउले गत साता सिंगापुरमा आयोजित ब्लुमवर्ग न्यु इकोनोमी फोरममा उनको कम्पनीले थप कर्मचारी भर्ती गर्ने योजना बनाएको पुष्टि गरेका थिए ।
उनले अन्य प्राविधिक कम्पनीहरूले कर्मचारी कटौतीगर्न लागेको प्रश्नको जवाफमा यस्तो बताएका थिए ।हालैका हप्ताहरूमा, मेटाले कम्पनीमा ११ हजार कर्मचारी कटौतीगर्न लागेको बताएको थियो । ट्विटरको अधिग्रहण गरेपछि एलोन मस्कले लगभग आधा कर्मचारीहरू कटौती गरिसकेका छन् ।
त्यस्तै अर्को प्राविधिक कम्पनी अमेजनले कर्मचारी हटाउन लागेको बताएको छ । यीकम्पनीका वर्तमान र पूर्व पदाधिकारीहरुले कम्पनी महामारीको समयमा बढेको अनलाइन प्रयोगले छिटो विस्तार भएको र अहिले त्यही अनुरूप उपभोग नभएकाले कटौतीगर्न लागेको बताउँछन् । टिकटकले नयाँभर्ती अभियानलाई आलोचकहरूलाई खुसीपार्न र अमेरिकामा आफ्नो स्थिति बलियो बनाउनप्रयोग गर्न सक्ने विश्लेषण गरिएको छ ।
पछिल्लो तथ्याङ अनुशार टिकटकका विश्वभरमा १ दशमलव ५३४ बिलियन प्रयोगकर्ता रहेका छन् । मेटा अन्र्तगतको फेसबुकमा भने २ दशमलव ९३४ बिलियन प्रयोगकर्ता रहेका छन् । पछिल्लो समय निक्कै विवादमा परेको ट्विरटरका भने २३८ मिलियन रहेका छन् ।