×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

किशोर विश्वकर्मा
विराटनगर, माघ ८
विराटनगरमा सम्पन्न अन्तर विद्यालय टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधी दिल्ली पब्लिक स्कुल(डिपिएस) विराटनगरले कब्जा गरेको छ । विराट क्रिकेट सोसाइटी र ठाकुर एजेन्सीद्धारा दिल्ली पब्लिक स्कुलको खेलमैदानमा सम्पन्न प्रतियागितामा न्यूमुन स्कुललाई ६ विकेटले पराजित गर्दै डिपिएसले उपाधी माथि कब्जा जमाएको हो ।

डिपिएस मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूमुनले निर्धारीत २० ओभरको खेलमा १ सय २९ रन बनाएको थियो ।

न्यूमुनका लागि आनन्द साहले २८, इद मोहम्मदले २५ र गुड्डु आलमले २० रनको योगदान दिएका थिए । डिपिएसका लागि उदय यादव, ऋषि महेश्वरी र कुलदीप गौरले समान २÷२ विकेट लिएका थिए ।

१ सय ३० रनको विजय लक्ष्य सहित जवाफि ब्याटिङमा उत्रिएको डिपिएसले १६ ओभर ४ बलमा ४ विकेटको क्षतिमा विजयी लक्ष्य पार गर्यो । डिपिएसका लागि अमन आजादले सर्वाधीक ४१, उदय यादवले नटआउट २० र कुलदीप गौरले नटआउट १७ रन बनाएका थिए ।

न्युमुननका लागि गुड्डु आलम, इरफान शेख र आनन्नद आलमले समान १÷१ विकेट लिए । फाइनल खेलको म्यान अफ द म्याच डिपिएसका उदय यादव घोषित भए ।

गत माघ ३ गतेदेखी सुरुभएको उक्त प्रतियोगिताको म्यान अफ द सिरिज डिपिएसका तन्मय कर्ण घोषित भए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याट्स म्यान सेन्टजोसेफका मोहित अटल घोषित भए । त्यसैगरि प्रतियोगिताको उत्कृष्ट बलर डिएभिका सुविज्ञराज पाण्डे घोषित भए ।

विजेता, उपविजेता र प्रतियोगितामा सहभागिलाई विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले ट्रफि, प्रमाणपत्र र मेडल प्रदान गरेका थिए । सो अबसरमा बोल्दै मेयर पराजुलीले विराटनगर महानगरपालिकाले निकट भविष्यमै राष्ट्रिय स्तरको मेयरकप क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।

उनले आफुपनि क्रिकेट प्रेमी भएकाले क्रिकेटको चौतर्फी विकासका लागि सक्दो सहयोग गरिरहने आश्वासन दिए ।मेयर पराजुलीले यसै वर्षदेखी सुरुभएको मेयरकप क्रिकेटको निरन्तरताका लागि विराटनगर महानगरपालिकाले सहयोग जारी राख्ने प्रतिवद्धता जनाए ।

उनले क्रिकेटको उर्बर भुमि विराटनगर भएकाले क्रिकेटलाई सफलताको शिखरमा पुर्याउन सवैपक्षले अझ मेहनत गर्नुपर्ने सुझाब दिए । यसै वषैदेखी सुरुभएको अन्तर विद्यालय टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा विराटनगरका १६ स्कुलले सहभागिता जनाएका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top