×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

टीआरसी विधेयकले द्वन्द्वपीडितलाई कसरी न्याय दिन्छ ?

१७ श्रावण २०८१

१७ साउन , काठमाण्डौ ।

लामो समयसम्म टुंगिन नसकेको संक्रमणकालीन न्यासम्बन्धी विधेयक (टीआरसी) मा शीर्ष तीन दलले सहमति जुटाएका छन् । आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको तीन दलको संयन्त्र (कार्यदल)को बैठकले बाँकी भएका विषयमा सहमति जुटाउँदै प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउने निर्णय गरेको हो ।

गृहमन्त्रीसमेत रहेका संयन्त्रका सदस्य रमेश लेखकका अनुसार द्वन्द्वकालमा भएका हत्यालाई परिभाषित गर्नेलगायतका विषयमा दलहरूबीच सहमति जुटेको हो । ‘द्वन्द्वकालमा भएका हत्यालाई कसरी परिभाषित गर्ने भन्ने भएको थियो।

मनसायपूर्वक अथवा स्वेच्छाकारी ढंगले गरिएको हत्या भनेर त्यसलाई टुंग्याएका छौँ,’ लेखकले भने, ‘पीडितको सहमति आवश्यक हुन्छ । मेलमिलापका लागि पीडितको सहमति आवश्यक गर्ने व्यवस्था गरेका छौँ।’ यदी पीडित सहमत नभएको खण्डमा मानव अधिकारको गम्भीर उल्लंघनमा मुद्दा चल्नेगरी सहमति भएको पनि उनले जानकारी गराए ।

‘यदी पीडितको सहमति भएन भने मानव अधिकारको गम्भीर उल्लंघनमा मुद्दा चल्ने नै भयो। मानव अधिकारको उल्लंघनमा पनि सरकारवादी फौजदारी मुद्दा भयो भने त्यसमा मुद्दा चल्न सक्ने र दुनियाँवादी फौजदारी मुद्दा भएकोमा पीडितलाई अधिकार दिने निर्णंय भएको छ,’ गृहमन्त्री लेखकले भने ।

साथै, द्वन्द्वकालमा संलग्न भएर मृत्यु भएका वा घाइते भएकाको परिवारलाई पनि पीडित सरह नै परिपूरण (क्षतिपूर्ती) दिने निर्णय भएको छ । ‘द्वन्द्वमा संलग्न भएका सुरक्षाकर्मी, जसको मृत्यु भयो, अंगभंग भयो, घाइते भए। उनका परिवारलाई पनि पीडितसरह परिपूरण दिने कुरा भएको छ,’ गृहमन्त्री लेखकले भने, ‘बहिर्गमित भएका मानिसहरूलाई पनि परिपूरणको व्यवस्था गर्ने कुरा भएको छ।

यसले हाम्रो बीचमा जुन असहमति भएको छ त्यो टुंग्याएका छौँ।’ तीन दलबीच भएको सहमतिको प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाइने उनले बताए । उनका अनुसार, कानुन मन्त्रालयका सचिवहरूले त्यसलाई अन्तिम रुप दिएर नेताहरूलाई बुझाउने तयारी छ ।

एमाले मुख्य सचेतक महेश बर्तौलाले पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानूनसँग नबाझिने गरी सहमति गरिएको जानकारी दिए । साथै, चालु संसदबाटै विधेयक पारित गरेर अघि बढ्ने पनि उनले बताए ।

संक्रमणकालिन न्यायका मुद्दाहरू सबै पीडितले न्याय पाउने र पीडकलाई कानुनको दायरामा ल्याउने उनले बताए । ‘आजको बैठकबाट सतप्रतिशत सहमति भएर उठेका छौँ। शीर्ष नेताहरूसँग सेयर गर्न बाँकी छ।

तीन जनाको संयन्त्रले फराकिलो ढंगबाट छलफल गरेपछि शब्द शब्दमा गएर छलफल गरेका छौँ,’ उनले भने, ‘पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानूनसँग नबाझिने गरी हामी उठेका छौँ।

अब हामी शान्ति प्रक्रियालाई निस्कर्षमा पु¥याउने गरी समाप्त गर्नेछौँ।’ ‘यो काम गरिसकेपछि कानून, न्याय तथा मानव अधिकार समितिमा यो विधेयक छ, त्यसलाई त्यहाँबाट यही संसदबाट यो बिल पारित गरेर आयोग बनाएर त्यो आयोगमार्फत द्वन्द्वकालीन सम्पूर्ण घटनाको टुंगो लगाउनेछौँ,’ उनले थपे ।

संयन्त्रमा नेकपा एमालेको तर्फबाट मुख्य सचेतक महेश बर्तौला, नेपाली कांग्रेसको तर्फबाट गृहमन्त्री रमेश लेखक र नेकपा माओवादी केन्द्रको तर्फबाट उपमहासचिव जनार्दन शर्मा सदस्य छन् ।

बिहीबार बसेको संयन्त्रको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदी लगायत सहभागी थिए । कार्यदलमा भएको सहमति अनुशारको प्रतिवेदन अब शीर्ष दलका शीर्ष नेताहरुलाई बुझाउने कार्यदल सदस्य बर्ताैलाले बताएका छन् ।

शुक्रवार (भोलि) वा (पर्सि) शनिवारसम्म प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाउने उनले बताएका छन् ।

दलहरुबीच सहमति जुटे यसै अधिबेशनबाट टीआरसी विधेयक पास गर्ने सरकारको तयारी छ । यो विधयेक पास भएर कार्यान्वयनमा गए १० वर्ष लामो शसस्त्र युद्धपछि तत्कालीन सरकार र माओवादीबीच भएको वृस्तीत शान्ति सम्झौताको कार्यान्वयनले मुर्त रुप पाउने छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top