Nepal Times
Nepal Times
3
Shares

टी–२० क्रिकेटमा कुशल भुर्तेलको लगातार तेस्रो अर्धशतक

टी–२० क्रिकेटमा कुशल भुर्तेलको लगातार तेस्रो अर्धशतक

७ बैशाख, काठमाण्डौ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

प्रतियोगिताको चौथो खेलमा कुशल ४६ बलमा ६२ रन बनाएर आउट भए । उनले एक छक्का र आठ चौका प्रहार गरे । कुशललाई १४ ओभर तीन बलमा नेदरल्याण्ड्सका भिभियान किङ्गमाले आउट गरे ।

प्रतियोगितामा कुशलको यो लगातार तेस्रो अर्धशतक हो । यही शृङ्खलाबाट टी–२० क्रिकेटमा डेब्यू गरेका कुशलले पहिलो खेलमा नेदरल्याड्सविरुद्ध ६२ रन र दोस्रो खेलमा मलेसियाविरुद्ध अविजति ६१ रन बनाएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.