Nepal Times
Nepal Times
3
Shares

टी-२० विश्वकपमा आजदेखि सुपर १२ का खेल हुँदै

टी-२० विश्वकपमा आजदेखि सुपर १२ का खेल हुँदै

६ कात्तिक, काठमाडौं ।

आईसीसी टी-२० क्रिकेट विश्वकपमा आजदेखि दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछन् ।

सुपर १२ मा टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत आज दुई खेल हुँदैछन् । सुपर १२ को ग्रुप एकअन्तर्गत अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच पहिलो खेल हुनेछ । खेल नेपाली समय अनुसार पौने चार बजे यूएईको अबुधाबीमा सुरु हुनेछ ।

यस्तै ग्रुप एकमै रहेको साविक विजेता वेष्ट इन्डिज र साविक उपविजेता इंग्ल्याण्डबीचको खेल पनि आजै दुबईमा बेलुका पौने ८ बजे सुरु हुनेछ ।

पहिलो चरणको खेल सकिएपछि चार टिम सुपर १२ मा प्रवेश गरेका थिए । ग्रुप एकमा यी चार टिमसँगै पहिलो चरणबाट छनोट भएका श्रीलंका र बंगलादेश छन् । यस्तै ग्रुप दुईमा भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणबाट छानिएका स्कटल्याण्ड र नामिबिया छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.