Nepal Times
Nepal Times
3
Shares

टुँडिखेलमा सेनाले गर्‍यो फूलपाती बढाइँ (फाेटाे फिचर)

टुँडिखेलमा सेनाले गर्‍यो फूलपाती बढाइँ (फाेटाे फिचर)

७  कात्तिक, काठमाडाैँ ।

नेपाली सेनाले शुक्रबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह गरेको छ ।

फूलपाती बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रुपमा उपस्थित थिइन् । सँगै समारोहमा, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, संवैधानिक निकायका प्रमुख र मन्त्रिपरिषद्का सदस्यको उपस्थिति थियो ।

देशमा बढ्दो कोरोना संक्रमण कारण सो कार्यक्रम सानो संख्यामा पदाधिकारीहरुको उपस्थितिमा गरिएको थियो ।

नेपाली सेनाले कोरोना संक्रमणको त्रासको समयमा फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा कार्यक्रम गरेको बताएको छ ।

अघिल्ला वर्ष सेनाले भव्य समारोह आयोजना गरी फूलपाती बढाइँ हर्षोल्लासका साथ मनाउँदै आएको थियो । दुर्गापूजा एवं विजयोत्सवसँग जोडिएको फूलपाती बढाइँको लामो इतिहास रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रपतिमा नेपाली सेनाको सम्मान गारतले सलामी अर्पण गरे पश्चा्त बढाइँटोलीले राईफलबाट विभिन्नस पाटाहरुबाट छिटो लहरे बढाईं, लहरे बढाईं, एकठ्ठा बढाइँर तोपबाट बढाइँगरेको थियो । उक्त कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.