×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

टेस्ट क्रिकेटमा ‘असफल’ बाबर आजम

६ भाद्र २०८१

६ भदौ, विराटनगर ।

पाकिस्तानी क्रिकेटर बाबर आजम टेस्ट क्रिकेटमा फेरि फेल भएका छन् । उनी बुधबारदेखि बंगलादेशविरुद्ध सुरु भएको टेस्ट म्याचमा बिना खाता खोली पभेलियन फर्किएका थिए । बाबर टेस्ट क्रिकेटमा घरेलु मैदानमा पहिलो पटक शून्यमा आउट भएका हुन् ।

यसका कारण उनी फेरि एक पटक ट्रोलको शिकार भएका छन् । बंगलादेशी टोली हाल पाकिस्तान भ्रमणमा छ । जहाँ बाबर आजम पहिलो टेस्टमा शून्य रनमा आउट भएका हुन् । त्यसपछि आजमको ट्रोलिङ सुरु भयो र उनीमाथि धेरै मिम्स बन्न थाले ।

पहिलो टेस्टमा टस जितेर बंगलादेशले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङमा आएको पाकिस्तानी टोलीको सुरुवात निकै खराब रह्यो । उसले १६ रन मात्र बनाउँदा तीन विकेट गुमायो । बाबर आजमले दुई बल मात्र खेल्न सके र शरीफुल इस्लामको बलमा लिटन दासको हातमा कैच आउट भए ।

बाबर आजम पछिल्ला केही वर्षमा पाकिस्तानका लागि लगातार बलिङ गर्ने ब्याट्सम्यान हुन् । उनलाई विराट कोहलीसँग पनि तुलना गरिन्छ । यस विषयलाई लिएर एक व्यक्तिले ट्वीट गर्दै लेखेका छन्, ‘विराट कोहलीसँग बाबर आजमको तुलना क्रिकेटको इतिहासमा सबैभन्दा खराब तुलना हो।’

अस्सी आर्मीको ह्यान्डलमा पनि बाबर आजमको आलोचना गरिएको छ। ‘बाबर आजम स्टिभ स्मिथ, जो रुट, केन विलियम्सन वा विराट कोहलीजस्ता टेस्ट ब्याट्सम्यान होइनन्।’ अर्को प्रयोगकर्ताले बाबरको आलोचना गर्दै उनले समतल पिचमा मात्र रन बनाउन सक्ने बताए ।

बाबर आजमले घरेलु मैदानमा अहिलेसम्म १४ टेस्ट म्याच खेलेका छन् । यसका २४ पालिहरुमा उनले ६७.७७ को औसतले १४९१ रन बनाएका छन् । यसमा ६ शतक पनि सामेल छ । बाबर आजमको विश्व टेस्ट च्याम्पियनशिप २०२३–२५ मा प्रदर्शन पनि अहिलेसम्म नै निराशाजनक रहेको छ ।

उनले विश्व टेस्ट च्याम्पियनशिप २०२३–२५ मा अहिलेसम्म ६ टेस्ट म्याच खेलेका छन् । यसको १० पालिहरुमा उनले २०.२० को औसतले मात्रै २०२ रन बनाउन सकेका छन् । यसक्रममा उनले शतक बनाउँने त परको कुरा एउटा अर्धशतक पनि बनाउन सकेका छैनन ।

अहिले शून्यमा आउट भएसंगै उनको यो फम्र्याटमा खराब प्रदर्शन जारी नै रह्यो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top