×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

टोपबहादुर नेपालमै लुके कि भारत पसे ?

२५ बैशाख २०८०

२५ वैशाख, काठमाण्डौ ।
शरणार्थी प्रकरणमा तानिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई खोज्न विशेष प्रहरी परिचालन गरिएको छ । बुटवल र काठमाडौंमा विशेष प्रहरी परिचालन गरेर उनको खोजी भइरहेको प्रहरी अधिकारीहरुले बताएका छन् । पूर्वमन्त्रीसमेत रहेका रायमाझीको खोजी तीव्र पारेको भए पनि अहिलेसम्म पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।

पूर्व उपप्रधानमन्त्री समेत भएका व्यक्ति पाँच दिनदेखि सम्पर्कविहीन छन् । रोचक त के भने सम्पर्कविहीन हुनुअघि सभामुख घिमिरे र उनी एकै कार्यक्रममा थिए । गत बुधवार प्रहरीले जिल्ला अदालत काठमाडौंबाट सांसद रायमाझीलाई पक्राउ गर्न अनुमति पाएको थियो । अनुमति पाउँदा रायमाझी अर्घाखाँचीमा सभामुख देवराज घिमिरेसँगै सार्वजनिक कार्यक्रममा थिए ।

त्यसपछि उनले पक्राउ पूर्जी जारी भएकोबारे आफूलाई कुनै जानकारी नआएको र नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको तथा आवस्यक परे अनुशन्धानमा सघाउँने भन्दै संचारकर्मीहरुमाझ खण्डन पनि गरे । तर त्यसपछि भने उनी लपत्ता छन् । अघिल्लो साता बुटवलबाट फरार भएका रायमाझी प्रहरीको खोजी सूचीमा रहेका छन् ।

“बुटवलमा अन्तिम लोकेट भएको छ,” प्रहरी अधिकारीले भन्ने,“ त्यसपछि मोबाइल अफ छ । अहिलेसम्म उनी कहाँ छन् भन्ने बारेमा थप जानकारी छैन । उनलाई खोज्नका लागि विशेष प्रहरी परिचालन गरिएको छ ।” प्रहरीका अनुसार रायमाझीको फोन ट्रयाक गर्दा बुटवलमा अन्तिम लोकेशन देखाएको र त्यहीँबाट उनले अफ गरेको पाइएको छ ।

उनका चालक र गाडी सम्पर्कमा रहेको भए पनि रायमाझी बुटवलबाट आफ्नै तरिकाले हिँडेको प्रहरीमा जानकारी गराएको बताइएको छ । कतिपयले भने उनी काठमाडौंमै रहेको र प्रहरीको सम्पर्कमै रहेको दाबी गरेका छन् । रायमाझी आफैँ उपस्थित होलान् भन्ने सबैको अपेक्षा थियो ।

आइतवार उनी अदालतमा हाजिर होलान् भन्दै प्रहरी पनि कुरेर बस्यो । तर, उनी आइतवार अदालतमा हाजिर भएनन् । उनी पाँच दिनदेखि सम्पर्कविहीन छन् उनी । आखिर सांसद रायमाझी कहाँ गए? धेरैको प्रश्न छ । नेपालमा कुनै पनि घटना गएपछि प्रहरी प्रशासनबाट लुक्ने सबैभन्दा सजिलो ठाउँ भारत नै हो ।

खुल्ला सीमानाको कारण सीमापारी जान कठिन छैन । त्यसो त सांसद रायमाझी भैरहवाबाट सम्पर्क बिहीन भएका थिए । भैरहवाबाट सीमा नाका पुग्न केही किलोमिटरको दुरीमात्रै हो । प्रहरी प्रशासनको अनुमान उनी भारत छिरेको भन्ने पनि छ । नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म रकम उठाउन सक्रिय गिरोहसँगको मिलेमतोको आरोप उनीमाथि लागेको छ ।

सो गिरोहमा सक्रिय रहेका उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुधबार बेलुका नै बुटवलबाट पक्राउ गरेको छ । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परिसकेका छन् ।

पक्राउ परेका सानु भण्डारीले दिएको बयानका आधारमा नेकपा एमालेकै उपाध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण,उनकी पत्नी मञ्जु खाँण र आरजु राणा देउवा पनि तानिएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top